Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

छात्रछात्रालाई शैक्षिक सामग्री वितरण


१२ जेष्ठ ,रसुवा । रसुवाका दुई विद्यालयले छात्रछात्रालाई निःशुल्क शैक्षिक सामग्री वितरण गरेका छन् ।ज्याङलाङ प्रावि र नीलकण्ठ नमूना मावि जिविजवेका छात्रछात्रालाई सामग्री वितरण गरिएको हो ।

दुवै विद्यालयका एक सय १५ छात्रछात्रालाई कालिका गाउँपालिका–५ ले निःशुल्क शैक्षिक सामग्री वितरण गरेको हो । कक्षा १ देखि ५ सम्मका छात्रछात्रालाई किताब, कमल, कापी, झोलालगायत सामग्री वितरण गरिएको वडाध्यक्ष सन्दीप पौडेलले जानकारी दिए ।

ज्याङलाङ प्रावि र नीलकण्ठ नमूना माविमा कक्षा १ देखि अङ्ग्रेजी माध्यमद्वारा पठनपाठन गरिँदै आएको छ ।

विद्यार्थीलाई सामग्री उपलब्ध गराएपछि अभिभावक खुसी भएका छन् । यसअघि ज्याङ्लाङ प्राविमा रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेमार्फत दाताको सहयोगमा भवन निर्माण गरिएको थियो ।

विसं २०७२ को भूकम्पले क्षति पुर्याएको जिवजिवे नीलकण्ठ नमूना मावि भने हालसम्म पुनःनिर्माण हुन सकेको छैन । जीर्ण भवनका कारण पठनपाठनमा समस्या भएको विद्यालयका शिक्षकले बताएका छन् ।


प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?