Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

सबै दलको विश्वास लिएर सरकार अगाडि बढ्छ : मुख्यमन्त्री यादव


११ जेष्ठ ,जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा सबै दलका प्रदेशसभा सदस्यको विश्वास लिएर सरकार अगाडि बढ्ने बताएका छन् ।

प्रदेशसभाको आजको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले प्रदेशअन्तर्गतका पालिकाहरूमा पठाउने ससर्त अनुदानको रकमका सम्बन्धमा बनेको कार्यविधिमा रहेको जटिलतालाई दलहरुकै सल्लाह र सुझावअनुसार संशोधन गरेर आवश्यक कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

“सरकार गठन भएपछि राष्ट्रपति, उपराष्ट्रपति र उपनिर्वाचन गरी तीनवटा चुनाव भयो । आचारसंहिता र चुनावमा व्यस्त हुनुपरेकाले ससर्त अनुदानका सम्बन्धमा माननीयज्यूहरुसँग जति छलफल र समन्वय गर्नुपथ्र्यो त्यति गर्न सकिएन”, मुख्यमन्त्री यादवले भने, “आगामी आर्थिक वर्ष ससर्त अनुदानको रकम र बजेट, नीति तथा कार्यक्रममा सबैसँग छलफल एवं समन्वय गर्ने प्रतिबद्धता जाहेर गर्दछु ।”

आजै प्रदेश सरकारका सचिवहरुसँग बैठक बसेर तीन दिनभित्र अधिकार प्राप्त व्यक्तिबाहेकले चढ्ने गाडी फिर्ता ल्याउन निर्देशन दिइएको जानकारी दिँदै मुख्यमन्त्री यादवले पूर्वाधार कार्यालय सिरहाको कामकारबाही र लहान अस्पतालमा कर्मचारी नियुक्तिका सम्बन्धमा उठेका प्रश्नहरुबारे सम्बद्ध पक्षसँग जानकारी लिई आवश्यक निर्देशन दिइसकेको जानकारी सभालाई गराए ।

यसअघि सभामुख रामचन्द्र मण्डलले बैठकको विशेष समय सुरु भएको जानकारी गराएलगत्तै नेकपा (एमाले) संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले सरकारको जवाफ नआएसम्म बैठक नचल्ने जनाएपछि एमालेका सबै प्रदेशसभाका सदस्यहरु आ–आफ्नो स्थानमा उभिएका थिए । सरकारले ससर्त अनुदान रकम बाँडफाँट गर्दा फरक फरक मापदण्ड अपनाइएको विषयमा आफूहरुले उठाएको प्रश्नको जवाफ दिनुपर्ने भन्दै विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका बैठक स्थगित गरेका थिए ।

आजको बैठकमा सभामुख मण्डलले पेस गरेको यसअघि गठित विषयगत समितिमा रहेका सदस्यहरुको समिति हेरफेर प्रस्ताव पारित गरिएको छ । जसअनुसार लखन दास लेखा समितिबाट अर्थ तथा योजना समिति, शारदादेवी थापा कृषि तथा भूमि व्यवस्थापन समितिबाट सार्वजनिक लेखा समिति, केशव राय प्रदेश मामिला समितिमा, मोहम्मद जयद आलम महिला, बालबालिका तथा सामाजिक न्याय समितिमा, सरोजकुमार यादव अर्थ तथा योजना समितिमा, राजकुमार लेखी प्राकृतिक स्रोत तथा वातावरण समितिमा, शत्रुधनप्रसाद सिंह कृषि तथा भूमि व्यवस्थापन समितिमा र अनिरुद्रप्रसाद सिंह महिला बालबालिका तथा सामाजिक न्याय समितिबाट सार्वजनिक लेखा समितिमा रहेका छन् । प्रदेशसभाको अर्को बैठक यही जेठ १६ गते मङ्गलबार दिनको १ बजे बस्नेछ ।


प्रकाशित मिति: ११ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?