Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

तुलसीपुरमा लेखापालको तलब बढ्यो


तुलसीपुरमा विद्यालयका लेखापालको तलब बढेको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठकले गतको साउन महिनादेखि लागू हुने गरी रु दुई हजार तलब बढाएको हो । यससँगै अब लेखापालले रु २० हजार पाँच सय तलब पाउनेछन् ।

यसअघि उपमहानगरपालिकाभित्रका लेखापालको तलब रु १८ हजार पाँच सय थियो । तुलसीपुर नगर विकासको पूर्णता तुलसीपुर नगर विकास समितिले पूर्णता पाएको छ । उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का पदेन अध्यक्ष रहने उक्त समितिको सदस्यमा नागरिक समाज दाङका पूर्वध्यक्ष टीकाराम रेग्मी, एमाले नेता सपना भण्डारी बस्नेत, विज्ञ सदस्यमा डा नहकुल केसी र मधुकराज भण्डारीलाई मनोनित गरिएको हो ।

उहाँहरूको मनोनितसँगै नगर विकास समितिले पूर्णता पाएको छ । तुलसीपुर उपमहानगरपालिकाको नगरसभा माघ २० गते बस्ने भएको छ । १२औँ नगरसभा बैठक यही माघ २० गते बस्ने निर्णय भएको हो ।


प्रकाशित मिति: ८ माघ २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?