Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

१० महिनामा साढे ६ हजार युवा शक्ति बाहिरिए


१० जेठ, काठमाडाैँ । चालु आर्थिक वर्षको १० महिनामा रामेछाप जिल्लाबाट छ हजार तीन सय ४९ युवा जनशक्ति बाहिरिएका छन् ।

नेपालमा रोजगारीका अवसर नभएपछि उनीहरू रोजगारीका लागि विदेश पलायन भएका हुन् । मन्थली नगरपालिकालगायत विभिन्न गाउँपालिकाद्वारा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका अनुसार चालु आव २०७९÷८० को साउनदेखि वैशाखसम्म रामेछापबाट छ हजार तीन सय ४९ रोजगारीका लागि विदेश गएका हुन् ।

दश महिनाको तथ्याङ्कलाई हेर्दा रोजगारी गर्न रामेछापबाट झन्डै साढे छ हजार मानिस विदेश गएको देखिन्छ । रोजगारीका लागि मलेसिया, युएई, कतार, बहराइन, कुवेत, साउदी अरब र ओमानलगायत देशमा गएको तथ्याङ्कमा उल्लेख छ । सामी कार्यक्रम अधिकृत दीपक केसीका अनुसार चालु आव २०७९÷८० को साउनदेखि वैशाखसम्म जिल्ला प्रशासन कार्यालय रामेछापबाट आठ हजार आठ सय ५९ जनाले राहदानी लिएका छन् ।

यो अवधिमा रामेछापका दुई नगरपालिका र छ गाउँपालिकाबाट एक हजार दुई सय ५० महिला र पाँच हजार ९९ पुरुष वैदेशिक रोजगारीमा गएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम रामेछापका अधिकृत दीपक केसीले बताए । मन्थली नगरपालिकाले आज मन्थलीमा आयोजना गरेको एक कार्यक्रममा सो कुराको सर्वाजनिक गरिएको थियो ।

मन्थली नगरपालिकाले वैदेशिक रोजगारीमा जाने आफ्ना नागरिकको वैदेशिक रोजगारीलाई थप सुरक्षित बनाउन सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सञ्चालन गरिरहेको छ । मन्थली नगरप्रमुख लव श्रेष्ठले यो कार्यक्रममार्फत वैदेशिक रोजगारीमा जाने नागरिकलाई आवश्यक सीप प्रदान गर्ने, विदेश गएकाको परिवारलाई पठाएको पैसालाई उत्पादनको क्षेत्रमा परिचालन गर्न प्रेरित गर्ने, विदेश गएपछि विभिन्न समस्यामा परेका र उनका परिवारलाई आवश्यक परामर्श तथा सहयोग जस्ता कार्यक्रम सञ्चालन भइरहेको बताए ।

रामेछापको मन्थली नगरपालिका, सुनापति गाउँपालिका, उमाकुण्ड गाउँपालिका र दोरम्बा सैलुङ गाउँपालिकामा अहिले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने उद्देश्यले सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सञ्चालनमा ल्याएका छन् ।


प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?