Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

स्वास्थ्यकर्मीको भरमा थवाङका वडा कार्यालय


१० जेठ, रोल्पा । रोल्पाको एक गाउँपालिकाको सबै वडा कार्यालय प्राविधिक कर्मचारीको भरमा सञ्चालन भइरहेका छन् । जिल्लाको थवाङ गाउँपालिकाका सबै वडा कार्यालय स्वास्थ्यकर्मी र कृषि प्राविधिकको भरमै सञ्चालन भइरहेका हुन् ।

पाँचवटा वडा रहेको गाउँपालिकामा चारवटा वडामा स्वास्थ्यकर्मी र एउटा वडामा कृषि प्राविधिकले वडा सचिवको काम गर्दै आएका छन् । गाउँपालिकाको वडा नं १ मा एचए, वडा नं २ मा कृषि शाखाका प्राविधिक कर्मचारी, वडा नं ३ मा अनमी, वडा नंं ४ र ५ मा अहेवले वडा सचिवको काम गरिरहेका छन् । थवाङ गाउँपालिकाको वडा नं १ र २ साविक थवाङ गाविस, वडा नं ३ साविक मिरुल गाविस र वडा नं ४ र ५ साविक उवा गाविस पर्दछन् ।

स्वास्थ्यकर्मी र कृषि प्राविधिकले वडा सचिवको काम गर्दा सेवा प्रवाह राम्रो नभएका वडा अध्यक्षहरुको गुनासो छ । “प्रशासनिक ज्ञान भएका वडा सचिवको साटो प्राविधिक ज्ञान भएका स्वास्थ्यकर्मी र कृषि प्राविधिकबाट गुणस्तरीय सेवा प्रवाह हुने कुरै भएन”, थवाङ गाउँपालिका वडा नं १ का वडाध्यक्ष हीराप्रसाद बुढामगरले भने ।

उहाँले पटक–पटक माग गर्दा पनि प्रशासनिक कर्मचारी उपलब्ध नभएपछि प्राविधिक कर्मचारीको भरमा वडा कार्यालय सञ्चालन गर्न बाध्य भएका छौँ, प्राविधिक कर्मचारीलाई वडा सचिवको काम दिँदा प्राविधिक काम पनि प्रभावित भएको बताए ।

“थवाङ गाउँपालिकामा कर्मचारी आउन नमान्ने, आए पनि छिट्टै सरुवा भएर जाने कारणले वडाको काम प्राविधिक कर्मचारीबाट गराउन बाध्य भएका छौँ”, थवाङ गाउँपालिका–४ का वडाध्यक्ष हिक्मत घर्तीमगरले भने ।

वडा कार्यालयको कामलाई गुणस्तरीय बनाउन प्रशासनिक कर्मचारी उपलब्ध गराइदिन पटक–पटक माग गरेपनि सुनुवाइ भएको छैन घर्तीमगरले गुनासो गरे । एउटा सेवाको कर्मचारीले अर्को सेवाको काम गर्दा काम गुणस्तरीय नहुनुको साथै दुवैतर्फ असर गर्ने वडाध्यक्ष घर्तीमगरको भनाइ छ ।

थवाङ जनसङ्ख्या र क्षेत्रफल दुवै हिसाबले जिल्लाकै सबभन्दा सानो स्थानीय तह हो । जिल्लाकै दुर्गम मानिने सो गाउँपालिका जिल्ला सदरमुकाम लिवाङवाट २८ कोश उत्तरमा पर्दछ । दुर्गम भएका कारण सो गाउँपालिकामा कर्मचारी हत्तपत्त जान मान्दैनन् ।


प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?