Trending
>>   काठमाडौं फिल्म फेस्टिभलले पर्यटन र संस्कृति प्रवर्द्धन गर्ने विश्वास:सुनिता डंगोल >>   विचौलिया प्रकरणको निष्पक्ष अनुसन्धान हुनुपर्छः सभापति थापा >>   वाणिज्य बैंकको नाफा १९ अर्ब, गत वर्षभन्दा ६ अर्बले वृद्धि >>   न्यायालयमा भ्रष्टाचार र सेटिङको आरोपः ‘स्वतन्त्र नागरिक अभियान’द्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरु) >>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

म जस्तो प्रधानमन्त्री सितिमिति भेटिँदैन : प्रचण्ड


९ जेठ, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुजस्तो प्रधानमन्त्री सितिमिति नभेटिने टिप्पणी गरेका छन् ।

राष्ट्रियसभाको बैठकमा आज प्रश्नहरूको उत्तर दिँदै उनले सरकारको नीति तथा कार्यक्रम जनमुखी भएको बताउँदै यसको विरोध गर्नु पर्ने कारण नै नरहेको बताएका छन् । उनले यस नीति तथा कार्यक्रममा सत्तापक्ष र प्रतिपक्षका मुद्दाहरू समेटिएको बताए ।

प्रधानमन्त्री प्रचण्डले आफुजस्तो सत्तापक्ष र प्रतिपक्षकै समर्थन रहेको प्रधानमन्त्री सितिमिति नभेटिने बताए ।

उनले भने, ‘सत्तापक्ष र प्रतिपक्ष दुबैले समर्थन गरेको प्रधानमन्त्री हुँ म चाँही । यस्तो प्रधानमन्त्री पनि सितिमिति भेटिँदैन । नेपालको इतिहासमा माैलिक भेटिएको छ ।’

उनले आफु शतप्रतिशत समर्थन सहित बनेको प्रधानमन्त्री भएको दाबी  समेत गरेका छन् ।


प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?