Trending
>>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा >>   सुकुम्बासी नागरिकको पुनःस्थापनामा भएको उपलब्धि सार्वजनिक गरियोस्ः सांसद थपलिया
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार

म जस्तो प्रधानमन्त्री सितिमिति भेटिँदैन : प्रचण्ड


९ जेठ, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुजस्तो प्रधानमन्त्री सितिमिति नभेटिने टिप्पणी गरेका छन् ।

राष्ट्रियसभाको बैठकमा आज प्रश्नहरूको उत्तर दिँदै उनले सरकारको नीति तथा कार्यक्रम जनमुखी भएको बताउँदै यसको विरोध गर्नु पर्ने कारण नै नरहेको बताएका छन् । उनले यस नीति तथा कार्यक्रममा सत्तापक्ष र प्रतिपक्षका मुद्दाहरू समेटिएको बताए ।

प्रधानमन्त्री प्रचण्डले आफुजस्तो सत्तापक्ष र प्रतिपक्षकै समर्थन रहेको प्रधानमन्त्री सितिमिति नभेटिने बताए ।

उनले भने, ‘सत्तापक्ष र प्रतिपक्ष दुबैले समर्थन गरेको प्रधानमन्त्री हुँ म चाँही । यस्तो प्रधानमन्त्री पनि सितिमिति भेटिँदैन । नेपालको इतिहासमा माैलिक भेटिएको छ ।’

उनले आफु शतप्रतिशत समर्थन सहित बनेको प्रधानमन्त्री भएको दाबी  समेत गरेका छन् ।


प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?