Trending
>>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना >>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

रिडी ग्रुपको रिडी लाउञ्ज सञ्चालनमा


अर्गानिकी खाना/खाजा सहितको रिडी लाउञ्ज सञ्चालनमा आएको छ । ललितपुरको जाउलाखेल स्थित ताम्रकार समाजको भवनमा रहेको उक्त लाउञ्ज शनिबारदेखि सञ्चालनमा आएको हो ।

बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले उक्त लाउञ्जको उद्घाटन गरेका हुन् । स्वस्थ्य जीवनका लागि अर्गानिक खानपिन भन्ने स्लोगन सहित रिडी लाउञ्ज सञ्चालनमा ल्याइएको हो ।

लाउञ्जमा रिडी ग्रुपको मुख्य लगानी रहेको छ । यसका अलावा २९ जनाले व्यक्तिगत रुपमा लगानी गरेका छन् ।
लाउञ्जमा एकै पटकमा १५० जनालाई खाना/खाजा खुवाउन सकिने छ । साथै, एक पटकमा ३०० जनासम्मको संख्यामा पार्टी आयोजना गर्न सकिने छ । यसका अलावा लाउञ्जमा २५ जना क्षमता भएको बैठक हल समेत रहेको छ । यसैगरि बच्चाहरु खेल्नको लागि पनि छुट्टै हल व्यवस्था गरिएको रिडी लाउञ्जको भनाइ छ । साथै, लाउञ्जको माथिबाट बिभिन्न हिमालसहित काठमाठौं उपत्यकाको भ्यू हेर्न सकिने बताइएको छ ।

लाउञ्ज अध्यक्ष झकेन्द्र घर्तीमगरले अर्गानीन खानाको प्रवद्र्धन गर्ने उद्देश्य सहित लाउञ्ज सञ्चालनमा ल्याएको बताए । ‘बढ्दो रेष्टुरेन्ट कल्चरले अर्गानिक खानाको लोभ हुदैं गएको छ, सोही अर्गानिक खानालाई प्रवद्र्धन गर्ने उद्देश्य सहित यो सञ्चालनमा ल्याएको हो,’ उनले भने, ‘यहाँ खाना, खाजा लगायतका सम्पुर्ण खाद्यन्न बस्तु अर्गानिक, स्वच्छ हुनेछ ।’ यसैगरि कलाकार मदनकृष्ण श्रेष्ठले अर्गानिक खानाको प्रवद्र्धनमा लाउञ्ज साच्चै योगदान गर्ने बताए ।


प्रकाशित मिति: ७ माघ २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?