Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

रिडी ग्रुपको रिडी लाउञ्ज सञ्चालनमा


अर्गानिकी खाना/खाजा सहितको रिडी लाउञ्ज सञ्चालनमा आएको छ । ललितपुरको जाउलाखेल स्थित ताम्रकार समाजको भवनमा रहेको उक्त लाउञ्ज शनिबारदेखि सञ्चालनमा आएको हो ।

बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले उक्त लाउञ्जको उद्घाटन गरेका हुन् । स्वस्थ्य जीवनका लागि अर्गानिक खानपिन भन्ने स्लोगन सहित रिडी लाउञ्ज सञ्चालनमा ल्याइएको हो ।

लाउञ्जमा रिडी ग्रुपको मुख्य लगानी रहेको छ । यसका अलावा २९ जनाले व्यक्तिगत रुपमा लगानी गरेका छन् ।
लाउञ्जमा एकै पटकमा १५० जनालाई खाना/खाजा खुवाउन सकिने छ । साथै, एक पटकमा ३०० जनासम्मको संख्यामा पार्टी आयोजना गर्न सकिने छ । यसका अलावा लाउञ्जमा २५ जना क्षमता भएको बैठक हल समेत रहेको छ । यसैगरि बच्चाहरु खेल्नको लागि पनि छुट्टै हल व्यवस्था गरिएको रिडी लाउञ्जको भनाइ छ । साथै, लाउञ्जको माथिबाट बिभिन्न हिमालसहित काठमाठौं उपत्यकाको भ्यू हेर्न सकिने बताइएको छ ।

लाउञ्ज अध्यक्ष झकेन्द्र घर्तीमगरले अर्गानीन खानाको प्रवद्र्धन गर्ने उद्देश्य सहित लाउञ्ज सञ्चालनमा ल्याएको बताए । ‘बढ्दो रेष्टुरेन्ट कल्चरले अर्गानिक खानाको लोभ हुदैं गएको छ, सोही अर्गानिक खानालाई प्रवद्र्धन गर्ने उद्देश्य सहित यो सञ्चालनमा ल्याएको हो,’ उनले भने, ‘यहाँ खाना, खाजा लगायतका सम्पुर्ण खाद्यन्न बस्तु अर्गानिक, स्वच्छ हुनेछ ।’ यसैगरि कलाकार मदनकृष्ण श्रेष्ठले अर्गानिक खानाको प्रवद्र्धनमा लाउञ्ज साच्चै योगदान गर्ने बताए ।


प्रकाशित मिति: ७ माघ २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?