Trending
>>   काठमाडौं फिल्म फेस्टिभलले पर्यटन र संस्कृति प्रवर्द्धन गर्ने विश्वास:सुनिता डंगोल >>   विचौलिया प्रकरणको निष्पक्ष अनुसन्धान हुनुपर्छः सभापति थापा >>   वाणिज्य बैंकको नाफा १९ अर्ब, गत वर्षभन्दा ६ अर्बले वृद्धि >>   न्यायालयमा भ्रष्टाचार र सेटिङको आरोपः ‘स्वतन्त्र नागरिक अभियान’द्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरु) >>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी


८ जेष्ठ ,काठमाडौँ । नेपाल सरकारले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको प्रतिनिधिसभामा छलफल जारी छ । आइतबारदेखि सुरु भएको उक्त छलफलमा आज पनि सांसदहरूले आफ्ना धारणा राखेका थिए ।

आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सत्ता पक्षका सांसदहरूले नीति कार्यक्रम राम्रो रहेको बताउँदै कार्यान्यवनमा जोड दिनुपर्ने बताएका छन् भने प्रतिपक्षका सांसदहरूले नीति तथा कार्यक्रमले अहिलेको मुलुकको समस्या समाधान गर्ने गरी कार्यक्रम नरहेको टिप्पणी गरेका छन् ।

बैठकमा नेपाली कांग्रेसका वीरबहादुर बलायरले नीति तथा कार्यक्रमले पछाडि परेका समुदाय, दलित, महिला सबैका विषय समेट्नुपर्ने र समग्रमा मुुलुकको विकास र समृद्धिका लागि बजेट बनाउनुपर्ने सुझाव दिए । नेकपा (एमाले) का भीमप्रसाद आचार्यले वर्तमान समस्याको समाधान गर्ने खालको नीति तथा कार्यक्रम नआएको टिप्पणी गरे ।

नेकपा (एमाले) का रघुजी पन्तले देशभक्त बनाउन र स्वेदशमै रोजगारीको व्यवस्था गरेर जनतामा आशा जगाउन नीति तथा कार्यक्रम स्पष्ट नभएको टिप्पणी गरे । नेकपा (माओवादी केन्द्र) का माधव सापकोटाले नीति तथा कार्यक्रम राम्रो भएको बताउँदै प्रभावकारी कार्यान्वयमा जोड दिए ।

कांग्रेसका डा नारायण खड्काले मुलुकमा भ्रष्टाचारको अन्त्य गरी विद्युत् उत्पादनलाई बढाएर धेरै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने सुझाव दिए । एमालेका सांसद ठाकुर गैरेले नीति तथा कार्यक्रममा सामाजिक र आर्थिक वृद्धि गर्ने खालको योजना नभएको हुँदा यसलाई समावेश गर्न माग गरे ।

कांग्रेसका तेजुलाल चौधरीले नीति तथा कार्यक्रममा पिछडिएको क्षेत्र, वर्ग र समुदायका लागि ठोस कार्यक्रम समावेश गर्न आग्रह गरे । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याल, कांग्रेसका प्रदीप पौडेल र रामहरि खतिवडा, एमालेका ईश्वरबहादुर रिजाल, माओवादी केन्द्रका छिरिङ डम्डुल लामा भोटे, एमालेका विद्या भट्टराई, कांग्रेसका राजु थापा र राजेन्द्र बजगाईं, एमालेका अम्बरबहादुर रायमाझी, कांग्रेसका प्रतिमा गौतम र कुसुमदेवी थापालगायतले नीति तथा कार्यक्रममाथि आफ्ना धारणा व्यक्त गरे ।

छलफल आगामी बैठकमा पनि जारी रहने सभामुख देवराज घिमिरेले जानकारी गराए । प्रतिनिधिसभाको अर्काे बैठक यही जेठ ९ गते बिहान ११ बजे बस्नेछ ।


प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?