Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

वनमा लागेको आगो बस्तीमा पस्यो, २० घरगोठ जलेर नष्ट


८ जेठ, प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिका–२ धनवाङमा जंगलमा लागेको आगो बस्तीमा पस्दा २० घरगोठ जलेर नष्ट भएका छन्।

आज राति स्थानिय प्रगतिशिल सामुदायिक वनबाट सुरु भएको आगलागी बस्तीमा पुग्दा १० घर र १० गोठ जलेर नष्ट हुनुका साथै दुईजना व्यक्ति घाइते भएको वडा अध्यक्ष बुद्धिराम पुनले जानकारी दिए ।

आगोलागि हुँदा घरमै सुतिरहेका स्थानीयवासी ७६ वर्षीय दुरबहादुर कामी र ६३ वर्षीय पिमा परियार घाइते भएको प्रहरीले जनाएको छ ।

आगलागी अहिले नियन्त्रणमा आइसकेको छ । आगलागीबाट घर तथा गोठ जलेर ठुलो क्षति भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। यस्तै, ठुलो क्षेत्रफलको जङ्गल पनि जलेर नष्ट भएको छ ।

सुरक्षाकर्मीसहितको सरकारी अधिकारीको टोली घटनास्थल पुगेर उद्दारको काम गरेको छ भने जिल्लास्तरबाट राहत पुर्याउने तयारी समेत भइरहेको छ।


प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?