Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

बिपी र पुष्पलालको पूर्णकदको सालिक एकै स्थानमा


८ जेठ, झापा । मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा विश्वेश्वरप्रसाद कोइराला र पुष्पलाल श्रेष्ठको पूर्णकदको सालिक अनावरण गरिएको छ ।

बिपी–पुष्पलाल बाटिका तथा सहिद स्मृति प्रतिष्ठानले सालिकको निर्माण गरेको हो । आइतबार साँझ दुवै महापुरुषको सालिक अनावरण गरिएको हो ।

देशका प्रथम निर्वाचित प्रधानमन्त्री कोइराला र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव श्रेष्ठको पूर्णकदको सालिक पहिलो पटक एकै ठाउँमा स्थापना गरेको प्रतिष्ठानका अध्यक्ष रामबहादुर तामाङले बताए ।

सालिकको अनावरण गर्दै मेचीनगर नगरपालिका प्रमुख गोपाल बुढाथोकीले नेपालको इतिहास बोकेका दुई विपरीत विचारका महान् नेताहरूको यो सालिकले विशेष महत्त्व राख्ने बताए ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका निवर्तमान मेयर विमल आचार्य, प्रदेश एकका निवर्तमान प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीलगायतले बिपी–पुष्पलाल बाटिका र सहिद उद्यानका बारेमा चर्चा गरेका थिए ।

वि.सं २०४८ देखि शीर्ष व्यक्तित्वको नाममा बाटिका स्थापना गरिएको थियो । हरेक वर्ष बिपी–पुष्पलाल बाटिकामा नेपाली काँग्रेस र नेकपा (एमाले)ले उनीहरूको स्मृतिमा वृक्षारोपण गर्दै आएको छ ।

वडा नम्बर ६ को कार्यालय नजिकै रहेको १२ कट्ठा जग्गामा फैलिएको सालिक तथा पार्क निर्माणका लागि पर्यटन कार्यालय काँकडभिट्टाले चार लाख ६० हजार, मेचीनगर–६ वडा कार्यालयले ५० हजार, मेचीनगर नगरपालिकाले एक लाख ८० हजार, कोसी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट ३५ लाख ८६ हजार र अध्यक्ष तामाङले दुई लाख ५८ हजार खर्च भइसकेको छ ।

उद्यानमा मुख्य बाटोको दुवैतर्फ फूल रोप्ने, ड्रेन निर्माण, बाटोमा टायल्स र मार्बल लगाउने, मेरो काँकडभिट्टा लेखन, बेन्च निर्माण, सिँढी निर्माण, म्युजिक सिस्टम जडानले आन्तरिक तथा बाह्य पर्यटकको मन लोभ्याउने गरेको छ ।


प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?