Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

बिपी र पुष्पलालको पूर्णकदको सालिक एकै स्थानमा


८ जेठ, झापा । मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा विश्वेश्वरप्रसाद कोइराला र पुष्पलाल श्रेष्ठको पूर्णकदको सालिक अनावरण गरिएको छ ।

बिपी–पुष्पलाल बाटिका तथा सहिद स्मृति प्रतिष्ठानले सालिकको निर्माण गरेको हो । आइतबार साँझ दुवै महापुरुषको सालिक अनावरण गरिएको हो ।

देशका प्रथम निर्वाचित प्रधानमन्त्री कोइराला र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव श्रेष्ठको पूर्णकदको सालिक पहिलो पटक एकै ठाउँमा स्थापना गरेको प्रतिष्ठानका अध्यक्ष रामबहादुर तामाङले बताए ।

सालिकको अनावरण गर्दै मेचीनगर नगरपालिका प्रमुख गोपाल बुढाथोकीले नेपालको इतिहास बोकेका दुई विपरीत विचारका महान् नेताहरूको यो सालिकले विशेष महत्त्व राख्ने बताए ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका निवर्तमान मेयर विमल आचार्य, प्रदेश एकका निवर्तमान प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीलगायतले बिपी–पुष्पलाल बाटिका र सहिद उद्यानका बारेमा चर्चा गरेका थिए ।

वि.सं २०४८ देखि शीर्ष व्यक्तित्वको नाममा बाटिका स्थापना गरिएको थियो । हरेक वर्ष बिपी–पुष्पलाल बाटिकामा नेपाली काँग्रेस र नेकपा (एमाले)ले उनीहरूको स्मृतिमा वृक्षारोपण गर्दै आएको छ ।

वडा नम्बर ६ को कार्यालय नजिकै रहेको १२ कट्ठा जग्गामा फैलिएको सालिक तथा पार्क निर्माणका लागि पर्यटन कार्यालय काँकडभिट्टाले चार लाख ६० हजार, मेचीनगर–६ वडा कार्यालयले ५० हजार, मेचीनगर नगरपालिकाले एक लाख ८० हजार, कोसी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट ३५ लाख ८६ हजार र अध्यक्ष तामाङले दुई लाख ५८ हजार खर्च भइसकेको छ ।

उद्यानमा मुख्य बाटोको दुवैतर्फ फूल रोप्ने, ड्रेन निर्माण, बाटोमा टायल्स र मार्बल लगाउने, मेरो काँकडभिट्टा लेखन, बेन्च निर्माण, सिँढी निर्माण, म्युजिक सिस्टम जडानले आन्तरिक तथा बाह्य पर्यटकको मन लोभ्याउने गरेको छ ।


प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?