Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

बझाङमा हिमपहिरामा परी एकको मृत्यु, दुई घाइते, दुई बेपत्ता


७ जेष्ठ ,बझाङ । बझाङमा यार्सागुम्बा सङ्कलनमा गएका एक जनाको हिमपहिरामा परेर ज्यान गएको छ ।

आज सुर्मा गाउँपालिका–२ मा पर्ने धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा घटनास्थलमै उनको ज्यान गएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीका अनुसार यार्सा सङ्कलन गर्ने क्रममा हिमपहिरो जाँदा दुई घाइते भएका छन् भने दुई बेपत्ता  भएका छन् ।

घटनाको जानकारी हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुङ्गाना र सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षकसहितको टोली घटनास्थलमा परिचालन गरिएको छ । हिमपहिरामा परेर मृत्यु हुने, घाइते र बेपत्ता हुनेको परिचय खुलेको छैन ।


प्रकाशित मिति: ७ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?