Trending
>>   काठमाडौं फिल्म फेस्टिभलले पर्यटन र संस्कृति प्रवर्द्धन गर्ने विश्वास:सुनिता डंगोल >>   विचौलिया प्रकरणको निष्पक्ष अनुसन्धान हुनुपर्छः सभापति थापा >>   वाणिज्य बैंकको नाफा १९ अर्ब, गत वर्षभन्दा ६ अर्बले वृद्धि >>   न्यायालयमा भ्रष्टाचार र सेटिङको आरोपः ‘स्वतन्त्र नागरिक अभियान’द्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरु) >>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

तीन दलको बैठकमा बचाउदेऊ भनेर म म्याउँम्याउँ गर्न गएको होइन: केपी ओली


७ जेठ, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैलाई पनि जोगाउन नलागेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा बोल्दै ओलीले तीन दलका शीर्ष नेताहरूको बैठक कसैलाई जोगाउनका लागि नभएको बताएका हुन् ।

उनले संसद्मा भने, ‘म तीन दलको बैठकमा बचाइदेऊ भनेर म्याउँम्याउँ गर्न गएको होइन। अरू दुईजना चाहिँ दूधले नुहाएको मात्रै होइन, दूधको कुण्डमै नुहाएका हुन्। ममाथि चाहिँ प्रश्नै प्रश्न?’

ओलीले सरकार निर्दोषलाई फसाएर दोषीलाई उम्काउन सरकार लागि परेको आरोप लगाउँदै भने, ‘कोही पनि दोषीलाई उम्काउने काम नहोस्, निर्दोष फसाउने काम नहोस्। यसमा सरकारले हस्तक्षेप गर्न आवश्यक छैन ।’

पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका ठूला नेताहरू पक्राउ परेपछि बारम्बार भइरहेको तीन दलका शीर्ष नेताको बैठकबारे प्रश्नहरू उठीरहेका थिए।


प्रकाशित मिति: ७ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?