Trending
>>   ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल >>   योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ? >>   बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल >>   संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा >>   सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने >>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार

तीन दलको बैठकमा बचाउदेऊ भनेर म म्याउँम्याउँ गर्न गएको होइन: केपी ओली


७ जेठ, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैलाई पनि जोगाउन नलागेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा बोल्दै ओलीले तीन दलका शीर्ष नेताहरूको बैठक कसैलाई जोगाउनका लागि नभएको बताएका हुन् ।

उनले संसद्मा भने, ‘म तीन दलको बैठकमा बचाइदेऊ भनेर म्याउँम्याउँ गर्न गएको होइन। अरू दुईजना चाहिँ दूधले नुहाएको मात्रै होइन, दूधको कुण्डमै नुहाएका हुन्। ममाथि चाहिँ प्रश्नै प्रश्न?’

ओलीले सरकार निर्दोषलाई फसाएर दोषीलाई उम्काउन सरकार लागि परेको आरोप लगाउँदै भने, ‘कोही पनि दोषीलाई उम्काउने काम नहोस्, निर्दोष फसाउने काम नहोस्। यसमा सरकारले हस्तक्षेप गर्न आवश्यक छैन ।’

पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका ठूला नेताहरू पक्राउ परेपछि बारम्बार भइरहेको तीन दलका शीर्ष नेताको बैठकबारे प्रश्नहरू उठीरहेका थिए।


प्रकाशित मिति: ७ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?