Trending
>>   काठमाडौं फिल्म फेस्टिभलले पर्यटन र संस्कृति प्रवर्द्धन गर्ने विश्वास:सुनिता डंगोल >>   विचौलिया प्रकरणको निष्पक्ष अनुसन्धान हुनुपर्छः सभापति थापा >>   वाणिज्य बैंकको नाफा १९ अर्ब, गत वर्षभन्दा ६ अर्बले वृद्धि >>   न्यायालयमा भ्रष्टाचार र सेटिङको आरोपः ‘स्वतन्त्र नागरिक अभियान’द्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरु) >>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

जनतालाई दु:ख दिन र अर्थतन्त्र ध्वस्त बनाउन कांग्रेस-माओवादीसहित गठबन्धन बनेको हो : ओली


७ जेठ, काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतालाई दु:ख दिन र अर्थतन्त्र ध्वस्त बनाउन कांग्रेस-माओवादीसहित गठबन्धन बनेको टिप्पणी गरेका छन् ।

सरकारका नीति तथा कार्यक्रममाथि आज प्रतिनिधि सभा बैठकमा टिप्पणी गर्दै ओलीले देशको अर्थतन्त्र संकटको डिलमा पुगेको समेत बताएका हुन् ।

बैठकमा उनले भने, ‘नेकपा एमालेको सरकारलाई विस्थापन गरी बनेको कांग्रेस माओवादीसहितको गठबन्धन सरकार नै हाम्रो अर्थतन्त्रलाई संकटको डिलमा पुर्‍याउने प्रमुख कारक हो ।’

‘प्रधानमन्त्रीलाई लागेको होला, सरकार राम्रो छ भनिदिए हुन्थ्यो। तथ्यांकले अर्कै कुरा बोल्छ कसरी बोल्ने? देश र जनतालाई दुख दिन र दु:खको कारण भएको छ अहिलेको गठबन्धन। ‘ उनले थपे ।


प्रकाशित मिति: ७ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?