Trending
>>   ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल >>   योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ? >>   बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल >>   संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा >>   सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने >>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार

जनतालाई दु:ख दिन र अर्थतन्त्र ध्वस्त बनाउन कांग्रेस-माओवादीसहित गठबन्धन बनेको हो : ओली


७ जेठ, काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतालाई दु:ख दिन र अर्थतन्त्र ध्वस्त बनाउन कांग्रेस-माओवादीसहित गठबन्धन बनेको टिप्पणी गरेका छन् ।

सरकारका नीति तथा कार्यक्रममाथि आज प्रतिनिधि सभा बैठकमा टिप्पणी गर्दै ओलीले देशको अर्थतन्त्र संकटको डिलमा पुगेको समेत बताएका हुन् ।

बैठकमा उनले भने, ‘नेकपा एमालेको सरकारलाई विस्थापन गरी बनेको कांग्रेस माओवादीसहितको गठबन्धन सरकार नै हाम्रो अर्थतन्त्रलाई संकटको डिलमा पुर्‍याउने प्रमुख कारक हो ।’

‘प्रधानमन्त्रीलाई लागेको होला, सरकार राम्रो छ भनिदिए हुन्थ्यो। तथ्यांकले अर्कै कुरा बोल्छ कसरी बोल्ने? देश र जनतालाई दुख दिन र दु:खको कारण भएको छ अहिलेको गठबन्धन। ‘ उनले थपे ।


प्रकाशित मिति: ७ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?