Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

पालिका अध्यक्ष र समिति अध्यक्षबीच कुटाकुट


७ जेठ, बैतडी । सिगास गाउँपालिका अध्यक्ष र सडक उपभोक्ता समितिका पदाधिकारीबिच २० लाख ४४ हजार रुपियाँको चेकका विषयमा विवाद हुँदा कुटाकुट भएको छ। कुटपिटबाट घाइते भएका सडक उपभोक्ता समितिका अध्यक्ष अस्पताल भर्ना भएका छन्।

सडक उपभोक्ता समितिलाई गाउँपालिकाको लेखा शाखाले उक्त रकम भुक्तानीका लागि दिइएको चेक गाउँपालिका अध्यक्षले बैङ्कलाई रोक्का गर्न निर्देशन दिएपछि कुटाकुट भएको हो।

गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बैङ्कमा चेक रोक्का गरेर बिहीबार कार्यालयमा बोलाएर बिनाकारण कुटपिट गरेको उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्रसिंह धामीले बताए। उनि घाइते भएका छन् । चालु आर्थिक वर्षमा सिगास गाउँपालिकाले वडा नम्बर ९ को देउलेकबाट सिगास–४, वडा कार्यालयको कान्धारसम्म दुई हजार सात सय मिटर सडक खन्न उपभोक्तासँग ३९ लाख रुपियाँको योजना सम्झौता गरेको थियो।

सो सम्झौता अनुसार निर्माण भएको सडकको प्राविधिकले नापजाँच गरेर २० लाख ४४ हजार रुपियाँ भुक्तानीका लागि चेक दिएको उपभोक्ता समितिका अध्यक्ष धामीले बताए । “सम्झौता अनुसार कर्मचारी र लेखापालले रनिङ बिलको २० लाख ४४ हजार रुपियाँको चेक काटेर दिनुभएको हो,” समितिका अध्यक्ष धामीले भने।

“गाउँपालिका अध्यक्षले बैङ्कमा फोन गरेर चेक रोक्न लगाए र मलाई फिर्ता बोलाए। त्यहाँ पुग्दा ओखलसैनी खेल मैदानका अध्यक्ष जयसिंह धामी र गाउँपालिका अध्यक्ष धामीले २० ड्रम तेलको सात लाख रुपियाँ मागे। त्यसपछि तेलको पैसा दिने हो तर बैङ्कमा फोन गरेरे चेक किन रोकेको हो ? भन्नेबित्तिकै गाउँपालिका अध्यक्षले लाठी, मुक्का र लात्तीले कुटपिट गरे। कुटपिटबाट टाउको, छाती, पाखुरा, खुट्टा र तिघ्रामा चोट लागेको छ,” समितिका अध्यक्ष धामीले घटना विवरण सुनाउँदै भने।

सो घटनाका विषयमा पालिका अध्यक्ष धामीले आफूले कसैमाथि कुटपिट नगरेको बरु उल्टै सडक समितिका अध्यक्षले मदिरा सेवन गरी पालिकाका कर्मचारी र आफूमाथि दुर्व्यवहार गरेको दाबी गर्नुभयो। अध्यक्ष धामीले भने, “सडक उपभोक्ता समितिका अध्यक्षले एक्साभेटरले गरेको कामको किर्ते हस्ताक्षर गरेर भुक्तानी लगेको थाहा पाएपछि चेक रोक्का गरिएको हो।”

‘गाउँपालिका अध्यक्षले कुटेकै हो’

गाउँपालिका अध्यक्ष धामीले दादागिरी शैलीमा आमाचकारी गाली गर्दै सडक उपभोक्ता समितिका अध्यक्षमाथि लट्ठी, ढुङ्गा र लात्ताले कुटपिट गरेको प्रत्यक्षदर्शी शेरसिंह धामीले बताए। उनले आफूसँग प्रमाणका रूपमा फोन रेकर्डसमेत भएको बताउनुभयो। घटनास्थलमा आफू प्रत्यक्षदर्शी भएको बताउँदैं धामीले भने, “गाउँपालिकाका इन्जिनियर र लेखापालले समेत मलाई तपाईं यहाँ किन आएको भनेर निकै कडा रूपमा बोले। मैले वीरेन्द्रसिंह मेरो भतिजा नाता पर्ने भएकाले बैङ्कमा चेक रोकिएपछि गाउँपालिका आएको हुँ भनेँ।”


प्रकाशित मिति: ७ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?