Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

पालिका अध्यक्ष र समिति अध्यक्षबीच कुटाकुट


७ जेठ, बैतडी । सिगास गाउँपालिका अध्यक्ष र सडक उपभोक्ता समितिका पदाधिकारीबिच २० लाख ४४ हजार रुपियाँको चेकका विषयमा विवाद हुँदा कुटाकुट भएको छ। कुटपिटबाट घाइते भएका सडक उपभोक्ता समितिका अध्यक्ष अस्पताल भर्ना भएका छन्।

सडक उपभोक्ता समितिलाई गाउँपालिकाको लेखा शाखाले उक्त रकम भुक्तानीका लागि दिइएको चेक गाउँपालिका अध्यक्षले बैङ्कलाई रोक्का गर्न निर्देशन दिएपछि कुटाकुट भएको हो।

गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बैङ्कमा चेक रोक्का गरेर बिहीबार कार्यालयमा बोलाएर बिनाकारण कुटपिट गरेको उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्रसिंह धामीले बताए। उनि घाइते भएका छन् । चालु आर्थिक वर्षमा सिगास गाउँपालिकाले वडा नम्बर ९ को देउलेकबाट सिगास–४, वडा कार्यालयको कान्धारसम्म दुई हजार सात सय मिटर सडक खन्न उपभोक्तासँग ३९ लाख रुपियाँको योजना सम्झौता गरेको थियो।

सो सम्झौता अनुसार निर्माण भएको सडकको प्राविधिकले नापजाँच गरेर २० लाख ४४ हजार रुपियाँ भुक्तानीका लागि चेक दिएको उपभोक्ता समितिका अध्यक्ष धामीले बताए । “सम्झौता अनुसार कर्मचारी र लेखापालले रनिङ बिलको २० लाख ४४ हजार रुपियाँको चेक काटेर दिनुभएको हो,” समितिका अध्यक्ष धामीले भने।

“गाउँपालिका अध्यक्षले बैङ्कमा फोन गरेर चेक रोक्न लगाए र मलाई फिर्ता बोलाए। त्यहाँ पुग्दा ओखलसैनी खेल मैदानका अध्यक्ष जयसिंह धामी र गाउँपालिका अध्यक्ष धामीले २० ड्रम तेलको सात लाख रुपियाँ मागे। त्यसपछि तेलको पैसा दिने हो तर बैङ्कमा फोन गरेरे चेक किन रोकेको हो ? भन्नेबित्तिकै गाउँपालिका अध्यक्षले लाठी, मुक्का र लात्तीले कुटपिट गरे। कुटपिटबाट टाउको, छाती, पाखुरा, खुट्टा र तिघ्रामा चोट लागेको छ,” समितिका अध्यक्ष धामीले घटना विवरण सुनाउँदै भने।

सो घटनाका विषयमा पालिका अध्यक्ष धामीले आफूले कसैमाथि कुटपिट नगरेको बरु उल्टै सडक समितिका अध्यक्षले मदिरा सेवन गरी पालिकाका कर्मचारी र आफूमाथि दुर्व्यवहार गरेको दाबी गर्नुभयो। अध्यक्ष धामीले भने, “सडक उपभोक्ता समितिका अध्यक्षले एक्साभेटरले गरेको कामको किर्ते हस्ताक्षर गरेर भुक्तानी लगेको थाहा पाएपछि चेक रोक्का गरिएको हो।”

‘गाउँपालिका अध्यक्षले कुटेकै हो’

गाउँपालिका अध्यक्ष धामीले दादागिरी शैलीमा आमाचकारी गाली गर्दै सडक उपभोक्ता समितिका अध्यक्षमाथि लट्ठी, ढुङ्गा र लात्ताले कुटपिट गरेको प्रत्यक्षदर्शी शेरसिंह धामीले बताए। उनले आफूसँग प्रमाणका रूपमा फोन रेकर्डसमेत भएको बताउनुभयो। घटनास्थलमा आफू प्रत्यक्षदर्शी भएको बताउँदैं धामीले भने, “गाउँपालिकाका इन्जिनियर र लेखापालले समेत मलाई तपाईं यहाँ किन आएको भनेर निकै कडा रूपमा बोले। मैले वीरेन्द्रसिंह मेरो भतिजा नाता पर्ने भएकाले बैङ्कमा चेक रोकिएपछि गाउँपालिका आएको हुँ भनेँ।”


प्रकाशित मिति: ७ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?