Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

तीन महिनामा २३ लागुऔषधसम्बन्धी मुद्दा


६ जेठ, कैलाली । कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयमा तीन महिनाको अवधिमा २३ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन् । । गएको माघ २४ गतेदेखि यही वैशाखसम्म लागुऔषधका २३ मुद्दा दर्ता भएका छन् भने ३३ जना पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।

लागुऔषध सेवनमा बालबालिकादेखि अधिकांश युवा सहभागिता देखिएपछि लागुऔषध सेवन तथा ओसारपसार रोक्न प्रहरीले कडाइ गरेको छ । “लागुऔषधमा संलग्न अधिकांश युवा छन्”, प्रमुख प्रहरी नायब उपरीक्षक भाटले भन्नुभयो, “पक्राउ परेकामध्ये अधिकांश १६ देखि ३५ वर्षका युवा छन् ।” पक्राउ परेका युवाका साथबाट ५१ ग्राम सात सय मिलिग्राम खैरो हिरोइन, चरेस २६ ग्राम ६ सय मिलिग्राम र गाँजा एक सय २० ग्राम बरामद गरिएको उनले बताए ।

“लागुऔषधको ठूलो डिलर भारततिरै हुने गरेको छ”, प्रहरी नायब उपरीक्षक भाटले भने, “त्यहाँबाट ल्याएर यहाँका युवाले बिक्रीवितरण गर्ने गरेका हामीले पाएका छौँ । भारतबाट ल्याउनै नदिन कडाइ गर्नुका साथै लागुऔषध नियन्त्रणलाई प्राथमिकता दिएर काम गरिरहेका छौँ ।”

लागुऔषध सेवनले सामाजिक, आर्थिक र शारीरिक रुपमा असर गर्नुका साथै अकालमै मृत्यु हुन सक्ने भएकाले लागुऔषध ओसारपसारसम्बन्धी केही जानकारी भए प्रहरीलाई सूचना उपलब्ध गराइदिन  सबैलाई आग्रहसमेत गरेको छ । “प्रहरीलाई समुदायले सूचना गरिदिनुपर्छ”, उनले भने, “लागुऔषध सेवनले एक मानिसमात्र बर्बाद हुँदैन, उसको परिवार र समाज बर्बाद हुन्छ । यसका असरहरु धेरै छन् ।”

ईलाका प्रहरी कार्यालय टीकापुरले तीन महिनाको अवधिमा लागुऔषधसहित सार्वजनिक हित विरुद्धका १२, जुवा र चोरीसम्बन्धी तीन÷तीनलगायत ६६ वटा मुद्दा दर्ता गरी ९३ जनालाई पक्राउ गरिएको जानकारी दिएको छ । सोही अवधिमा १० जना फरार प्रतिवादीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय प्रहरीले लागुऔषध नियन्त्रणमा सक्रियता देखाएको स्थानीय निर्मला कडायतले बताउनुभयो । “बालबालिका जोगाउन मुस्किल भएको छ । यस्तो अवस्थामा लागुऔषधको प्रयोग नियन्त्रणका लागि प्रहरी मात्रै सक्रिय भएर पुग्दैन”, उनले भने, “हरेक अभिभावकले प्रहरीलाई सहयोग गर्नुका साथै आफ्ना बालबालिकालाई निगरानी पनि गर्नुपर्छ ।”


प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?