Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

तातोपानी नाकाबाट भित्रिन थाल्यो रासायनिक मल


६ जेठ, सिन्धुपाल्चोक । उत्तरी सीमा तातोपानी नाकाबाट धमाधम युरिया मल नेपाल भित्रन थालेको छ । सिल्क मार्केटले २५ हजार र १० हजार परिणामको दुई चरणमा ३५ हजार टन युरिया मल तातोपानी भन्सार कार्यालयमा भित्राउन थालेको छ । जसमा तीन हजार पाँच सय टन मल कृषि सामग्री कम्पनी लिमिटेडले बुझिसकेको छ ।

सिल्क ट्रान्सपोर्टका चिफ अपरेटिङ अफिसर दामोदर सत्यालले सात हजार एक सय टन मल तातोपानी नाकामा आउँदै गरेको जानकारी दिएका छन् । उक्त परिणामको मलको टेष्ट र इन्पेक्सन प्रक्रिया छिटो गरिदिन कृषि सामग्री केन्द्रलाई आग्रह गरिएको छ ।

तातोपानी भन्सारको स्टोरेज क्षमता सात हजार पाँच सय टन मात्र भएकाले बाँकी मल सिगात्सेमा नै रहेको छ । केही दिनमा उक्त मलहरु तातोपानी भन्सारमा भित्रने छ ।

यस अघि पनि सिल्क मार्केटले चीनबाट ल्याएको चार हजार टन युरिया मल साल्ट टेर्डिङ कम्पनी र तीन हजार पाँच सय टन मल कृषि सामग्री कम्पनीले बुझेको थियो । उक्त परिणामका युरिया मल किसानले खेतीबालीमा प्रयोग गरिसकेका छन् ।

खेतीबालीमा अति आवश्यक मल चीनबाट ल्याउने र समयमा नै कृषकको हातमा पुर्‍याउने सिल्क मार्केटले जनाएको छ । यस वर्ष समयमा नै मल आयात हुन थालेपछि किसानले उपयुक्त बेला नै रासायनिक मल पाउने भएका छन् ।


प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?