Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: ‘म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे?’ >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

तातोपानी नाकाबाट भित्रिन थाल्यो रासायनिक मल


६ जेठ, सिन्धुपाल्चोक । उत्तरी सीमा तातोपानी नाकाबाट धमाधम युरिया मल नेपाल भित्रन थालेको छ । सिल्क मार्केटले २५ हजार र १० हजार परिणामको दुई चरणमा ३५ हजार टन युरिया मल तातोपानी भन्सार कार्यालयमा भित्राउन थालेको छ । जसमा तीन हजार पाँच सय टन मल कृषि सामग्री कम्पनी लिमिटेडले बुझिसकेको छ ।

सिल्क ट्रान्सपोर्टका चिफ अपरेटिङ अफिसर दामोदर सत्यालले सात हजार एक सय टन मल तातोपानी नाकामा आउँदै गरेको जानकारी दिएका छन् । उक्त परिणामको मलको टेष्ट र इन्पेक्सन प्रक्रिया छिटो गरिदिन कृषि सामग्री केन्द्रलाई आग्रह गरिएको छ ।

तातोपानी भन्सारको स्टोरेज क्षमता सात हजार पाँच सय टन मात्र भएकाले बाँकी मल सिगात्सेमा नै रहेको छ । केही दिनमा उक्त मलहरु तातोपानी भन्सारमा भित्रने छ ।

यस अघि पनि सिल्क मार्केटले चीनबाट ल्याएको चार हजार टन युरिया मल साल्ट टेर्डिङ कम्पनी र तीन हजार पाँच सय टन मल कृषि सामग्री कम्पनीले बुझेको थियो । उक्त परिणामका युरिया मल किसानले खेतीबालीमा प्रयोग गरिसकेका छन् ।

खेतीबालीमा अति आवश्यक मल चीनबाट ल्याउने र समयमा नै कृषकको हातमा पुर्‍याउने सिल्क मार्केटले जनाएको छ । यस वर्ष समयमा नै मल आयात हुन थालेपछि किसानले उपयुक्त बेला नै रासायनिक मल पाउने भएका छन् ।


प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?