Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

अन्नपूर्ण आरोहण दिवसमा अन्नपूर्ण म्याराथन हुँदै


४ जेष्ठ ,अन्नपूर्ण (कास्की) । अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका सन्दर्भमा अन्नपूर्ण म्याराथन हुने भएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकमा म्याराथनसहित महोत्सव हुन लागेको हो ।

महोत्सव जेठ १७ देखि २० गतेसम्म हुने संयोजक ललित गुरुङले जानकारी दिए। सोही महोत्सवको अन्तिम दिन २० गते (जुन ३) अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (१४२ दशमलव १९५ किमी)को म्याराथन आयोजना हुने संयोजक गुरुङले बताए ।

सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौरिस हर्जोगले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई ‘अन्नपूर्ण आरोहण दिवस’का रूपमा मनाइन्छ । “दिवस मनाउन म्याराथन आयोजना गरेका छौँ”, अध्यक्ष गुरुङले भने । म्याराथनले पर्यटनको क्षेत्रमा देखिएको सङ्कटमोचन गर्ने उनको भनाइ छ ।

प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेले नगद रु एक लाख ५० हजार, द्वितीय हुनेले रु एक लाख र तृतीय हुनेले रु ७५ हजार प्राप्त गर्ने उहाँले जानकारी दिए । महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ७५ हजार, ५० हजार र २५ हजार प्राप्त गर्नेछन् ।

कोभिड–१९ का कारण दुई संस्करण स्थगित भए पनि समितिले यसपटक अन्नपूर्ण म्याराथनलाई निरन्तरता दिन लागेको समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिए । अन्नपूर्ण आधार शिविरको पर्यटन पूर्वाधार निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न विगतमा निरन्तर पर्यटन महोत्सव र अन्नपूर्ण म्याराथन गरिँदै आइएको थियो ।

प्रतिकूल परिस्थितिका कारण कार्यक्रम स्थगित भए पनि यसपटक कार्यक्रमलाई निरन्तरता दिइने समितिका घान्द्रुक होटल व्यवसायी समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । महोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, बास्केटबल प्रतियोगिता पत्रकारिता पुरस्कार वितरण, हर्स राइडिङलगायत विविध सांस्कृतिक कार्यक्रम हुने संयोजक गुरुङले बताए ।


प्रकाशित मिति: ४ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?