Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

एकै ठाउँमा गाभिए बाँकेका आठ वटा सहकारी


२ जेठ, बाँके । बाँकेका आठवटा सहकारी एकीकरण भएका छन् । कोरानापछि देशमा भएको आर्थिक मन्दीका कारण सहकारीहरु चुस्तदुरुस्त तरिकाले सञ्चालन हुन नसक्दा सानाकिसान कृषि सहकारी संस्था लिमिटेडको अगुवाइमा सोमबार शमशेरगञ्जमा आयोजित कार्यक्रममा आठवटा सानाकिसान सहकारी संस्था अष्टम सानाकिसान कृषि सहकारी संस्थामा एकीकरण भएका हुन् ।

एकीकरण हुनेमा महादेवपुरी राप्ती सोनारी–८स्थित सानाकिसान कृषि सहकारी संस्था लि, बैजनाथ–६ स्थित लगनशील सानाकिसान कृषि सहकारी संस्था लि, बैजनाथ–८स्थित महिला सानाकिसान कृषि सहकारी संस्था लि, राप्ती सोनारी–४स्थित सूर्यलक्ष्मी सानाकिसान कृषि सहकारी संस्था लि, राप्ती सोनारी–५स्थित सौगात सानाकिसान कृषि सहकारी संस्था लि, खजुरा–२ स्थित नवज्योति सानाकिसान कृषि सहकारी संस्था लि, खजुरा–८ स्थित हातेमालो सानाकिसान कृषि सहकारी संस्था लि र जानकी–६स्थित आपसी मेलमिलाप सानाकिसान कृषि सहकारी संस्था लि रहेका छन् ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सभासद् दुर्गा चौधरीले नामका लागिमात्र किसान बनेर  खेत बाँझो राखेका कारण राज्यले किसानका लागि सहयोग गर्न नसकेको बताए । किसान हुँ भन्ने तर आफ्ना लागि  खाने तेलसम्म किन्ने परिपाटीले कृषि र सहकारीमा लगानी बढ्न नसकेको उनले उल्लेख गरे ।


प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?