Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

चक्कु प्रहार गर्ने चार जना पक्राउ


२ जेठ, सिन्धुली । तिनपाटन गाउँपालिका– ५ थाक्लेडाँडाको जङ्गलमा एक ब्यक्तिलाई चक्कु प्रहार गरी घाइते बनाउनेमध्ये चार जनालाई प्रहीले पक्राउ गरेको छ । उक्त घटनामा संलग्न अर्का एक जना अझै फरार छन् । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयले आज बिहान सार्वजनिक गरेको हो ।

प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार घटनापछि फरार रहेका सिन्धुलीको तिनपाटन गाउँपालिका–७ का १९ वर्षीय विशाल भन्ने जीवन श्रेष्ठ, २२ वर्षीय खड्कबहादुर श्रेष्ठ, घ्याङलेख गाउँपालिका–३ का २० वर्षीय रोशन कामी, २७ वर्षीय सुरेन्द्रबहादुर कामी रहेका छन् । उनीहरुका साथबाट अँधेरोमा चम्कने एक वस्तु पनि बरामत गरिएको छ ।

अर्का आरोपित तिनपाटन गाउँपालिका– ७ का २७ वर्षीय विदुर लामिछाने फरार छन् । पक्राउ परेकालाई ज्यान मार्ने उद्योगमा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक सिलवालले जानकारी दिए ।

उनीहरुले वैशाख ३१ थाक्लेडाँडाको जङ्गलमा ढुङ्ग्रेबेँसीका ३० वर्षीय लोकबहादुर सार्कीलाई छुरा प्रहार गरी घाइते बनाएका थिए । लोकबहादुरसँग चकमके जाने क्रममा ढुङ्गा जस्तो देखिने चम्किलो वस्तुको विषयमा बिबाद हुँदा ती पाँचै जनाले आक्रमण गरी घाइते बनाएको उजुरी परेको उनले जानकारी दिए ।उनको दाहिने पातामा छुरा प्रहरा गरी साथमा रहेको रु ३० हजार र एक थान मोबाइलसमेत लगेको बताइएको छ । घाइतेको थप उचारका लागि काठमाडाैँ लगिएको छ ।


प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?