Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

कांग्रेस नेता रञ्जित कर्णकाे नेतृत्वमा गरिएकाे प्रदर्शनमा प्रहरी हस्तक्षेप, नेविसंघका कार्यकर्ता घाइते


१ जेठ, काठमाडाैँ । कांग्रेस नेता रञ्जित कर्णकाे नेतृत्वमा भ्रष्टाचारकाे ५ वर्षे हदम्याद विधेयक खारेजका लागि गरिएकाे प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

शान्तिपूर्ण रूपमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी नेविसंघका नेताहरू प्रेमिका रानामगर,धर्म शाहि, हिक्मत शाहि, मन्दिप शाहलाई गिरफ्तार गरि तिनकुने प्रहरी चाैकीमा लगेको छ ।

प्रहरीसँग भएको विवादमा धर्म शाही र हिक्मत शाही घाइते समेत भएको जानकारी दिइएको छ ।

‘भ्रष्टाचारकाे ५ वर्षे हदम्याद टेबुल हुँदैछ, यो गलत हो । भ्रष्टाचारकाे कुनै म्याद हुदैन । एकचोटिकाे भ्रष्टाचारि सधै भरिकाे अपराधी हुन्छ । भ्रष्टाचारिलाई कानुन बमाेजिम कारबाही गर्नुपर्छ । भ्रष्टाचारकाे हदम्याद राखेर भ्रष्टाचारकाे संरक्षण गर्नु गम्भीर गल्ति हाे । तत्काल खारेज गर्नुपर्छ भनेर हामी विराेधमा उत्रिएका हाैँ ।’, नेविसंघका नेता भुवन भट्टले भने ।


प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?