Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

कांग्रेस नेता रञ्जित कर्णकाे नेतृत्वमा गरिएकाे प्रदर्शनमा प्रहरी हस्तक्षेप, नेविसंघका कार्यकर्ता घाइते


१ जेठ, काठमाडाैँ । कांग्रेस नेता रञ्जित कर्णकाे नेतृत्वमा भ्रष्टाचारकाे ५ वर्षे हदम्याद विधेयक खारेजका लागि गरिएकाे प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

शान्तिपूर्ण रूपमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी नेविसंघका नेताहरू प्रेमिका रानामगर,धर्म शाहि, हिक्मत शाहि, मन्दिप शाहलाई गिरफ्तार गरि तिनकुने प्रहरी चाैकीमा लगेको छ ।

प्रहरीसँग भएको विवादमा धर्म शाही र हिक्मत शाही घाइते समेत भएको जानकारी दिइएको छ ।

‘भ्रष्टाचारकाे ५ वर्षे हदम्याद टेबुल हुँदैछ, यो गलत हो । भ्रष्टाचारकाे कुनै म्याद हुदैन । एकचोटिकाे भ्रष्टाचारि सधै भरिकाे अपराधी हुन्छ । भ्रष्टाचारिलाई कानुन बमाेजिम कारबाही गर्नुपर्छ । भ्रष्टाचारकाे हदम्याद राखेर भ्रष्टाचारकाे संरक्षण गर्नु गम्भीर गल्ति हाे । तत्काल खारेज गर्नुपर्छ भनेर हामी विराेधमा उत्रिएका हाैँ ।’, नेविसंघका नेता भुवन भट्टले भने ।


प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?