Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

सिन्धुपाल्चोक क्रिकेट सङ्घको तदर्थ समिति गठन


३१ वैशाख ,सिन्धुपाल्चोक । क्रिकेट खेलको विकाससँगै सम्भावनायुक्त खेलाडी उत्पादन गर्ने उद्देश्यले पहिलोपटक सिन्धुपाल्चोक क्रिकेट सङ्घको तदर्थ समिति गठन भएको छ ।

मेलम्चीमा शनिबार सम्पन्न भेलाले विजयकुमार धितालको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ । नवगठित अन्य पदाधिकारीमा उपाध्यक्ष राजन धिताल, सचिव अजयकुमार धिताल, कोषाध्यक्ष राजु सापकोटा, सदस्यमा विजेश श्रेष्ठ, प्रकाश सापकोटा, रुद्रशरण श्रेष्ठ, दिलीप लामा, सागर खड्का, सन्तोष चौलागाईँ, अनिलकुमार धिताल रहेका छन् ।

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पछिल्लो समय क्रिकेटले पाइरहेको सफलताले देशले गर्व गर्ने वातावरण बनेको बताए । क्रिकेट खेललाई प्रोत्साहन गर्न आगामी दिनमा उपयुक्त मैदान निर्माण गरेर प्रतियोगिता आयोजना गर्न तथा क्रिकेट खेलको विकासका लागि सहकार्य गर्ने उनले जानकारी दिए ।

यस्तै क्रिकेट खेललाई सिन्धुपाल्चोकमा स्थापित गर्न सुरुआतदेखि नै सहयोग गर्दै आएका पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले नवगठित तदर्थ समितिलाई बधाई दिँदै क्रिकेट खेलको विकाससँगै खेलमैदान निर्माणमा आवश्यक पहल र सहकार्य गर्न तत्पर रहेको जानकारी दिए ।

उनले सिन्धुपाल्चोक क्रिकेट सङ्घले जिल्लामा क्रिकेट खेललाई स्थापित गरेर देशले गर्व गर्ने खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे । साथै क्रिकेट खेलको विकासका लागि निरन्तर सहयोग गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे ।

नवगठित तदर्थ समितिका अध्यक्ष धितालले सिन्धुपाल्चोक क्रिकेट सङ्घको तदर्थ समिति गठनपश्चात क्रिकेट खेललाई आधिकारिकरूपमा जिल्लामा स्थापित गर्न गोरेटो बाटो निर्माणको सुरुआत भएको बताए ।

नेपाली क्रिकेट जगत्ले एकपछि अर्को सफलता हात पार्दै जाँदा यसको लोकप्रियता पनि बढ्दो छ । पछिल्लो समय क्रिकेटलाई बुझेर माया गर्ने दर्शकको साथ पनि उल्लेख्य वृद्धि भएको छ ।


प्रकाशित मिति: ३१ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?