Trending
>>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

बागलुङका पत्रकारद्वय खत्री र बोहोरा पुरस्कृत


३१ वैशाख ,गण्डकी । प्रेस सेन्टर नेपाल बागलुङ शाखाले आफ्नो १५औँ वार्षिक साधारणसभाका अवसरमा शनिबार जिल्लाका दुई क्रियाशील पत्रकारलाई पुरस्कृत गरेको छ ।

शाखामा स्थापित ‘भक्त–जगत्कुमारी स्मृति पुरस्कार’ सामुदायिक रेडियो गलकोटका स्टेशन प्रमुख जीवनखला खत्री ‘सरिता’ र ‘श्याम–चन्द्रकली स्मृति पुरस्कार’ ढोरपाटन दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहोरालाई प्रदान गरिएको हो ।

सेन्टरका केन्द्रीय महासचिव सन्तोष पौडेल र जिल्ला शाखाका अध्यक्ष थम्मन थापाले पत्रकारद्वयलाई नगदसहित दोसल्ला र पुरस्कारको प्रमाणपत्र प्रदान गरेका थिए ।

दुवै पुरस्काको राशि रु १० हजार रहेको छ । गलकोट–७ मल्म निवासी हर्क थापा र विकास खड्का ‘सुन्दर’ले आफ्ना दिवङ्गत बुवाआमा भक्तबहादुर/जगकुमारी र श्यामबहादुर/चन्द्रकलीको स्मृतिमा पुरस्कार कोष स्थापना गरेका थिए ।

विसं २०७८ कात्तिकमा भएको सेन्टरको पाँचौँ जिल्ला सम्मेलनमा घोषणा भएका दुवै पुरस्कार पहिलोपटक पत्रकार खत्री र बोहोरालाई समर्पण गरिएको हो ।

सेन्टरले निष्पक्ष, व्यावसाियक र खोजमूलक पत्रकारिता गरिरहेकामध्ये उत्कृष्ट दुई जनालाई बर्सेनि पुरस्कृत गर्ने जिल्ला शाखाका अध्यक्ष थम्मन थापाले जानकारी दिए ।


प्रकाशित मिति: ३१ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?