Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

सात बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट सम्पन्न


३० वैशाख, लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट-२०२३ ले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत कनेक्टिभिटी प्रवद्र्धन र विस्तार गर्नुपर्नेमा जोड दिएको छ ।

लुम्बिनीमा तीन दिनसम्म आयोजना गरिएको बुद्धिष्ट मार्टमा जारी सात बुँदे लुम्बिनी घोषणापत्रमा बुद्धसँग सम्बन्धित चार प्रमुख पवित्रस्थल लुम्बिनी, बोधगया, शारनाथ र कुशीनगरको बौद्ध सर्किटलाई अन्य बौद्धस्थलमा विस्तार गर्ने, प्रवद्र्धनका लागि साझा कथा विकास गर्नेसमेत उल्लेख गरिएको छ ।

घोषणापत्रमा लुम्बिनी, भगवान बुद्ध (शाक्यमुनि) को जन्मस्थल र शान्तिको मुहानलाई बौद्ध परिक्रमाको सुरुआत बिन्दु र शान्ति गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने, लुम्बिनी र अन्य बौद्धस्थलमा पर्यटकको बसाइ विस्तार गर्न विभिन्न गतिविधिसहितको साझा प्याकेज विकास गर्ने, पर्यटकलाई अन्तर्राष्ट्रिय नेटवर्किङ र संलग्न गतिविधिलाई प्राथमिकता दिने उल्लेख छ ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना, नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल (नाट्टा) को संयोजन तथा लुम्बिनी विकास कोष, नेपाल वायुसेवा निगमको सहकार्यमा लुम्बिनीमा मार्टको दोस्रो संस्करण आयोजना गरिएको थियो ।

सन् २०२४ को मार्च २४ मा तेस्रो अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट आयोजना गर्नेसमेत जनाइएको छ । मार्टले अन्तर्राष्ट्रिय क्षेत्रमा बौद्ध पर्यटन, उत्पादन र गतिविधिको विकास, ब्रान्ड र प्रदर्शन गर्ने वार्षिक कार्यक्रमका रूपमा स्थापित हुने विश्वास गरिएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले बताए ।

उनले मार्टमा सहभागी विभिन्न देश तथा क्रेता र बिक्रेताको उपस्थितिले लुम्बिनीको पर्यटनलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरे । “लुम्बिनी आफैमा बुद्ध पर्यटनको केन्द्र हो । मार्टले कोभिडपछि शिथिल भएको पर्यटनलाई पुनःजागृत गर्न र लुम्बिनीको महत्वलाई थप उजागर गर्न सहयोग पुग्ने हाम्रो अपेक्षा छ”, उनले भने ।

लुम्बिनी विश्वविद्यालयका डीन डा मानिकरत्न शाक्यले लुम्बिनीमा आयोजना गरिएको अन्तर्राष्ट्रिय मार्टले बुद्ध दर्शन तथा यस क्षेत्रको प्रचारमा थप सहयोग पुग्ने बताए । कार्यक्रम समापनका अवसरमा पर्यटन विज्ञ प्रा डा हिमलाल घिमिरे, नाट्टाका अध्यक्ष रमेश थापा, वरिष्ठ उपाध्यक्ष प्रमोद दाहाल लगायतले मार्ट नेपालको बुद्ध पर्यटनका लागि एउटा महत्वपूर्ण कार्यक्रमका रुपमा विकास हँदै गइरहेको र यसले नेपालको समग्र पर्यटन चलायमान बनाउने बताए । मार्टका अवसरका विभिन्न क्षेत्रका विद्धानले बुद्ध दर्शन, बुद्ध पर्यटन बुद्धमार्गी देशसँगको सहकार्यलगायका विभिन्न विषयमा सामूहिक छलफल भएको थियो ।

मार्टमा नेपालसहित भारत, मलेसिया, चीन, कोरिया, बङ्गलादेश, म्यान्मा, थाइल्याण्ड, श्रीलङ्कालगायत देशबाट २८ वटा ट्राभल÷टुर कम्पनीको सहभागिता थियो । कार्यक्रममा स्वदेशी तथा विदेशी विज्ञद्वारा बुद्ध धर्म, बुद्धिष्ट पर्यटनलगायतका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।


प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?