Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

मासिक २५ रुपैयाँको बचतबाट दुई करोड ऋण लगानी


३० वैशाख, म्याग्दी । म्याग्दीको बेनीनगरपालिका–२ ज्यामरुककोटस्थित ज्यामरुककोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्था बचत सङ्कलन र ऋण लगानीमा अब्बल सावित भएको छ ।

पाँच वर्षअघि विसं २०७५ मा छ जना दिदीबहिनी सङ्गठित भएर मासिक रु २५ सङ्कलन गरेर सुरु भएको संस्थामा यतिबेला रु ५० लाख शेयर रकम, रु एक करोड ४५ लाख बचत रकम र दुई करोड ऋण लगानी रहेको संस्थाका अध्यक्ष विष्णु थापाले जानकारी दिए ।

“हामीले संस्थामा जम्मा भएको रकम तीन सय दिदीबहिनीलाई ऋण लगानी गरेका छौँ, सदस्यबाट सङ्कलन गरेको बचत र शेयर रकम सदस्यमा नै लगानी भएको छ”, अध्यक्ष थापाले भने ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्रविधिक सहयोगमा ज्यामरुककोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको दुईदिने सहकारी शिक्षा तालिमका सहभागी महिलाले आफ्नो सहकारी आफँैले सुरक्षित गर्ने र समस्या आउन नदिने महिलाले प्रतिबद्धता जनाएका छन् ।

देशका विभिन्न ठाउँमा ठूलो कारोबार गर्ने सहकारीले बचत फिर्ता गर्न नसकेका समाचारको प्रभाव गाउँघरमा समेत पर्न थालेको चर्चा गर्दै उनीहरुले आफूहरुले चलाएको सहकारीमा कुनै समस्या नभएको र आगामी दिनमा पनि समस्या आउन नदिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

अन्यत्र यस्तो भयो, उस्तो भयो, हाम्रोमा के हुन्छ ? भन्ने आशङ्का व्यक्त गर्ने शेयर सदस्यलाई समेत उनीहरुले निर्धक्क भएर कारोबार गर्न आह्वान गरेका छन् । सहकारीमा गैरसदस्य समेतबाट रकम सङ्कलन गर्ने र सञ्चालकलगायत सीमित व्यक्तिले रकम चलाउने गरेका कारण केही सहकारीमा आएको समस्याले आमजनतामा नै सहकारीप्रति आशङ्का देखिएको उनले बताए । अध्यक्ष थापाले सहकारीको समस्या पहिचान गर्ने, समस्या परेमा सहयोग गर्ने जिम्मेवारी शेयर सदस्यको भएकाले सहकारी क्षेत्रमा आएको समस्यालाई समाधान गर्न सदस्यको जागरुकता बढाउनुपर्नेमा जोड दिए ।

संस्थाका सचिव उमा शर्माले सहकारीप्रति देखिँदै गएको अविश्वास हटाएर सहकारीलाई थप व्यवस्थित र प्रभावकारीरुपमा सञ्चालनका लागि सदस्य जागरण अभियान सुरु गरिएको जानकारी दिए ।

तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारीको दिगोपना र प्रभावकारीताका लागि सदस्यलाई सचेत बनाउन आवश्यक रहेको बताए ।


प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?