Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

मासिक २५ रुपैयाँको बचतबाट दुई करोड ऋण लगानी


३० वैशाख, म्याग्दी । म्याग्दीको बेनीनगरपालिका–२ ज्यामरुककोटस्थित ज्यामरुककोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्था बचत सङ्कलन र ऋण लगानीमा अब्बल सावित भएको छ ।

पाँच वर्षअघि विसं २०७५ मा छ जना दिदीबहिनी सङ्गठित भएर मासिक रु २५ सङ्कलन गरेर सुरु भएको संस्थामा यतिबेला रु ५० लाख शेयर रकम, रु एक करोड ४५ लाख बचत रकम र दुई करोड ऋण लगानी रहेको संस्थाका अध्यक्ष विष्णु थापाले जानकारी दिए ।

“हामीले संस्थामा जम्मा भएको रकम तीन सय दिदीबहिनीलाई ऋण लगानी गरेका छौँ, सदस्यबाट सङ्कलन गरेको बचत र शेयर रकम सदस्यमा नै लगानी भएको छ”, अध्यक्ष थापाले भने ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्रविधिक सहयोगमा ज्यामरुककोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको दुईदिने सहकारी शिक्षा तालिमका सहभागी महिलाले आफ्नो सहकारी आफँैले सुरक्षित गर्ने र समस्या आउन नदिने महिलाले प्रतिबद्धता जनाएका छन् ।

देशका विभिन्न ठाउँमा ठूलो कारोबार गर्ने सहकारीले बचत फिर्ता गर्न नसकेका समाचारको प्रभाव गाउँघरमा समेत पर्न थालेको चर्चा गर्दै उनीहरुले आफूहरुले चलाएको सहकारीमा कुनै समस्या नभएको र आगामी दिनमा पनि समस्या आउन नदिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

अन्यत्र यस्तो भयो, उस्तो भयो, हाम्रोमा के हुन्छ ? भन्ने आशङ्का व्यक्त गर्ने शेयर सदस्यलाई समेत उनीहरुले निर्धक्क भएर कारोबार गर्न आह्वान गरेका छन् । सहकारीमा गैरसदस्य समेतबाट रकम सङ्कलन गर्ने र सञ्चालकलगायत सीमित व्यक्तिले रकम चलाउने गरेका कारण केही सहकारीमा आएको समस्याले आमजनतामा नै सहकारीप्रति आशङ्का देखिएको उनले बताए । अध्यक्ष थापाले सहकारीको समस्या पहिचान गर्ने, समस्या परेमा सहयोग गर्ने जिम्मेवारी शेयर सदस्यको भएकाले सहकारी क्षेत्रमा आएको समस्यालाई समाधान गर्न सदस्यको जागरुकता बढाउनुपर्नेमा जोड दिए ।

संस्थाका सचिव उमा शर्माले सहकारीप्रति देखिँदै गएको अविश्वास हटाएर सहकारीलाई थप व्यवस्थित र प्रभावकारीरुपमा सञ्चालनका लागि सदस्य जागरण अभियान सुरु गरिएको जानकारी दिए ।

तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारीको दिगोपना र प्रभावकारीताका लागि सदस्यलाई सचेत बनाउन आवश्यक रहेको बताए ।


प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?