Trending
>>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन >>   ‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’ >>   स्वास्थ्य बीमामा सुधार ल्याउन सरकारले स्वदेशी उद्योगबाटै ‘बल्क’मा औषधि खरिद गर्ने >>   नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न >>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी
Logo
२९ फाल्गुन २०८२, शुक्रबार
२९ फाल्गुन २०८२, शुक्रबार

सीताराम कोइरालालाई खेलकुद पत्रकारिता पुरस्कार


३० वैशाख, काठमाडाैँ । युवा तथा खेलकुद मन्त्रालयले बागमती प्रदेशका सीताराम कोइरालालाई यस वर्षको खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ ।

मन्त्रालयबाट प्रकाशित सूचनाको म्यादभित्र प्राप्त आवेदनका मूल्याङ्कनका आधारमा उक्त पुरस्कारका लागि उनको नाम छनोट भएको हो । पुरस्कारको राशि रु ५० हजार र सम्मानपत्र छ ।

महिला र दलिततर्फको ‘खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार’का लागि कर्णाली प्रदेशका ज्योति कटुवाल र गण्डकी प्रदेशका दीपक परियारको नाम छनोट भएको छ । पुरस्कारको राशि रु २५ हजार छ ।

मन्त्रालयले प्रदेशतर्फको ‘पत्रकारिता प्रोत्साहन पुरस्कार’ अर्जुनकुमार सुवेदी (कोशी प्रदेश), सञ्जीवकुमार साह (मधेस प्रदेश), सुवास बिडारी (बागमती प्रदेश) धनबहादुर गुरुङ (गण्डकी प्रदेश), विजय नेपाल (लुम्बिनी प्रदेश) ललितबहादुर बुढा (कर्णाली प्रदेश) र पूर्णबहादुर खड्का (सुदूरपश्चिम प्रदेश) लाई प्रदान गर्ने भएको छ । उक्त पुरस्कारको राशि रु २५ हजार नगद रहेको छ ।

मन्त्रालयले खेलकुद क्षेत्रमा निरन्तर कलम चलाउने क्रियाशील पत्रकारलाई प्रतिस्पर्धाका आधारमा हरेक वर्ष यस खाले पुरस्कार प्रदान गर्दै आएको छ । मन्त्रालयले विश्व बुढामगर (रुकुमपूर्व), मीना ग्लान (नुवाकोट), गीता विष्ट (कैलाली), नीरज देउवा (डडेलधुरा) र प्रेमकुमार दर्नाल (सर्लाही)लाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।

उक्त सम्मान खेलाडी पारातर्फ रामबहादुर तामाङ (सिन्धुपाल्चोक), प्रशिक्षकतर्फ नारा श्रेष्ठ गुरुङ (धनकुटा), निर्णायक रेफ्रीतर्फ दीपेन्द्र ढकाल (काभ्रेपलाञ्चोक) र चिकित्सकतर्फ प्राडा नवीसमानसिंह प्रधान (ललितपुर) छन् । उनिहरुलाई जनही रु एक लाख नगद र सम्मानसहितको पुरस्कार प्रदान गरिने छ ।


प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?