Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
३ चैत्र २०८२, मंगलवार
३ चैत्र २०८२, मंगलवार

ट्रेड युनियन कांग्रेसको महाधिवेशन आगामी वर्ष जेठमा


नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन आगामी २०८० जेठ १२ देखि १४ गतेसम्म काठमाडौँमा हुने भएको छ । ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यको अध्यक्षतामा मङ्गलबार र बुधबार काठमाडौँमा बसेको दुईदिने कार्यसम्पादन समितिको बैठकले आबद्ध सङ्घ, जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न गरी आगामी वर्ष जेठमा महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।

बैठकले अध्यक्ष आचार्यको संयोजकत्वमा राष्ट्रिय समितिका सबै, महिला तथा युवा अध्यक्ष तथा संरचनामा रहेका आबद्ध सङ्घ, ट्रेड युनियन कांगे्रस प्रदेश तथा जिल्ला अध्यक्ष रहेको महाधिवेशन मूल तयारी समिती गठन गरेको छ । उक्त बैठकले सदस्यता फाराम तथा शुल्क सङ्कलन २०७९ फागुन मसान्तभित्र, आबद्ध सङ्घको राष्ट्रिय महाधिवेशन २०७९ चैत मसान्तभित्र, ट्रेड युनियन कांगे्रस जिल्ला अधिवेशन २०८० वैशाख ९ र प्रदेश अधिवेशन वैशाख १८ गते सम्पन्न गर्ने निर्णय गरेको महासचिव योगेन्द्र कुँवरले जानकारी दिनुभयो । विसं २०८० वैशाखदेखि सरकारले अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामजिक सुरक्षामा सहभागी गराउने निर्णय भइसकेको सन्र्दभमा स्थानीय तहमा श्रमिकको पञ्जीकरण तथा श्रमिकको समस्या समाधानार्थ स्थानीय तहमा श्रम सल्लाहकार समिति गठन गराउन सम्बन्धित निकायमा अभियानका रुपमा कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अगाडिको ट्रेड युनियन कांग्रेसको बैठकको निर्णयविरुद्ध रहेर अलग्गै पार्टीमा आबद्ध भएको भन्दै ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका सल्लाहकारद्वय रिता खनाल र कल्पना अधिकारीलाई सल्लाहकार पदबाट तथा अनौपचारिक क्षेत्रकी उपाध्यक्ष आशासिंह राठौरलाई उपाध्यक्ष पदबाट निलम्बन गर्ने निर्णय गरेको छ । नेपाल ट्रेड युनियन कांग्रेसले नीति अधिवेशन, कांग्रेसको संरचनामा श्रमिक समावेश, दुई तहको निर्वाचन समीक्षा, कोरोनाबाट थिलोथिलो भएका श्रमिकलाई राहत, श्रमिकलाई सामाजिक सुरक्षा तथा आप्रवासी श्रमिक समस्याका मुद्दालाई छलफल गर्न तत्काल कांग्रेसको महासमिति बैठक बोलाउनसमेत माग गरेको छ । ट्रेड युनियन कांग्रेसमा देशभरका औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत विभिन्न २७ श्रमिक सङ्घ, सङ्गठन आबद्ध छन् भने झण्डै पाँच लाख श्रमिक सदस्य रहेका बतायएको छ ।


प्रकाशित मिति: १४ पुष २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?