Trending
>>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

इथियोपियामा हैजाका कारण ९४ जनाको मृत्यु, माहामारीको चेतावनी


३० वैशाख, एजेन्सी । संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (युएनओसीएचए) ले दक्षिणपूर्वी इथियोपियामा जारी हैजाका कारण मृत्यु हुनेको सङ्ख्या ९४ पुगेको जनाएको छ ।

युएनओसीएचएले बिहीबार अबेर जारी गरेको पछिल्लो स्थिति अद्यावधिकमा हैजाको प्रकोप सबैभन्दा लामो भएको र सीमापार फैलिने उच्च जोखिम रहेको जनाएको छ । बाढीले पूर्वी अफ्रिकी मुलुकका प्रभावित क्षेत्रमा हैजालगायत स्वास्थ्य जोखिमलाई अझ बढाएको पनि चेतावनी दिइएको छ ।

प्रभावित क्षेत्रमा करिब ४१ हैजा उपचार केन्द्र र एकाइ सञ्चालनमा रहेको र मे महिनाको सुरुसम्ममा अनुमानित ३५ हजार ८५० जनाले स्वच्छ पिउने पानी पाएका छन् ।

युएनओसीएचएको तथ्याङ्कअनुसार करिब एक लाख मानिसलाई यसअघि खोप लगाइएको थियो भने अप्रिलको सुरुसम्म उपलब्ध १९ लाख डोजसहितको नयाँ चरणको हैजा खोप अभियान मे महिनाको मध्यतिर सुरु हुनेछ । यद्यपि, प्रभावित क्षेत्रमा ७० लाखभन्दा बढी जनसङ्ख्या बसोबास गर्ने भएकाले यो अभियानबाट लक्षित समूहले सेवा पाउनेमा शङ्का व्यक्त गरिएको छ ।

विशेष गरी सुरक्षित खानेपानी आपूर्ति प्रणाली, सरसफाइ र स्वच्छतामा रणनीतिक लगानीले असुरक्षा र विस्थापनबाट प्रभावित कमजोर समुदायमा समेत हैजाको जोखिमलाई हटाउन सक्ने उल्लेख गर्दै युएनओसीएचएले भनेको छ, “मुखबाट दिइने हैजा खोपको दायरा फराकिलो बनाउन थप कोषको आवश्यकता देखिन्छ ।”


प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?