Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

शनिबार ठमेल पर्यटन विकास परिषद्ले ठमेल क्षेत्र सफाइ गर्ने, घरधनी र व्यवसायीलाई सहभागी हुन अनुरोध


२९ वैशाख, काठमाडाैँ । शनिबार ठमेल क्षेत्र सफाइ गरिने भएको छ । ठमेल पर्यटन विकास परिषदले ‘हाम्रो ठमेल सफा ठमेल’ भन्ने नारा लिएर ठमेल क्षेत्र सफाइ गर्ने भएको हो ।

उक्त सफाइ कार्यक्रममा बिहान ७ बजेदेखि ८ बजेसम्म सहभागी हुन परिषदले घरधनी र व्यवसायीलाई अनुरोध गरेको छ ।

परिषद्का अध्यक्ष भवीश्वर शर्माले दिएको जानकारी अनुसार ठमेल क्षेत्रलाई सुन्दर, सफा र फोहोररहित बनाउने उद्देश्यसहित सफा गर्न लागिएको हो ।

सफाइ कार्यक्रममा सहभागी हुनका लागि घरबाटै कुचो, झाडु वा सफाइ सामग्री ल्याउन समेत अनुरोध गरिएको छ ।

सफाइ सकिएपछि ८ बजे सञ्चय कोष भवन अगाडि भेला हुन समेत सहभागी सबैलाई अनुरोध गरिएको छ ।


प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?