Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

अनुदान उत्पादनमा प्रेरक


२९ वैशाख ,गण्डकी । कास्कीको रुपा गाउँपालिका–५ देउरालीकी खोमाया गुरुङ यतिखेर बाख्रापालन गरिहेकि छन् । विगतमा परम्परागत खोरमा बाख्रा पालेकी उनले अहिले आधुनिक खोर निर्माण गरेकि छन् । दश बाख्राबाट सुरु गरेकी उनका खोरमा हाल २४ बाख्रा भइसकेका छन् ।

गएको दशैँमा घरमा मासुको व्यवस्थासँगै पाँच पाठा बेचेर अन्य खर्च एवं बैंकको किस्ता तिरेको गुरुङ बताउछिन् । विगतमा बाँदरका कारण अन्य खेती गर्न नसकेका अवस्थामा कृषि तथा पशुपक्षी विकास मन्त्रालयको ‘नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआइपी)’बाट प्रदान गरिएको अनुदान सहयोगले यतिखेर गुरुङजस्तै गाउँका २४ महिला बाख्रापालनमा लागेका छन् ।

अन्नपूर्ण पशुपालक समूहमा आबद्ध उनिहरू यतिखेर बाख्रापालन सक्रिय बनेका हुन् । आयोजनाले मासु उत्पादन मूल्य शृङ्खलाअन्तर्गत सम्बन्धित व्यक्ति एवं संस्थाको २० प्रतिशत र बैंकको ३० प्रतिशतः ऋण लगानीसहित आयोजनाबाट ५० प्रतिशत अनुदान दिने गरी प्रस्ताव आह्वान गरेकामा उक्त समूहले सबै प्रक्रिया पुर्याएर सो अनुदान सुविधा लिएको थियो ।

बाख्रापालनका लागि कुल रु एक करोड ९८ लाख लगातमध्ये स्वलगानी रु ३९ लाख, बैंकको रु ५९ लाख र आयोजनाको रु ९९ लाख ४३ हजार रहेको अन्नपूर्ण पशुपालक समूहका सचिव अप्सरा श्रेष्ठले जानकारी दिए । समूहले आयोजनासँग २०७८ भदौमा सम्झौता गरेको हो ।

आयोजनाअन्तर्गत सुधारिएका खोर निर्माण, खरी बाख्रा तथा ५० प्रतिशत बोयर बोका खरिद, बाख्रापालन व्यवसायीकरण, आधुनिकीकरणले खोरमा यतिखेर बाख्राका पाठा हुर्किँदै छन् । समूहका कतिपयले बिक्रीसमेत गर्न थालेको श्रेष्ठ बताउछन् । “अनुदानले स्वरोरजगार बनाउन टेवा पु¥याएको छ”, उनले भने, “दैनिक १९ किलो मासु उत्पादन गर्ने दीर्घकालीन योजना छ ।”

समूहले उत्पादित मासुको बजार व्यवस्थापन गरिसकेको उल्लखे गर्दै उनले उत्पादित बाख्रा, पाठा घर–घरबाटै बिक्री हुन थालेको समूहका अर्की सदस्य दुर्गा विक बताछिन् । आयोजनाकै अनुदानप्राप्त पोखरा महानगरपालिका–३१ चक्रदेवी गुणस्तरीय दूध उत्पादन केन्द्रले सम्झौताअनुसारका काम सम्पन्न गरी अनुदान सहयोगको सम्पूर्ण किस्ता भुक्तानी गरिसकेको छ ।

अनुदान सम्झौताअनुसार कुल लागत रु एक करोड ३३ लाखको ५० प्रतिशत अनुदान एवं स्वलगानी २० प्रतिशत र बैंकको ३० प्रतिशत ऋण लगानी गरी गाईगोठ निर्माण, गाई खरिद र आवश्यक मेसिन औजार खरिद गरिएको केन्द्रका व्यवस्थापक इन्द्रप्रसाद तिवारीले जानकारी दिए । आयोजानबाटै अनुदान प्राप्त गरी जिल्ला सहकारी सङ्घ लिमिटेड कास्कीले दुग्ध प्रशोधन केन्द्रको क्षमता विस्तार गरेको वरिष्ठ व्यवस्थापक भोजराज घिमिरेले बताउए ।

विसं २०५७ देखि एक हजार लिटर दूध सङ्कलन, प्रशोधन र बजारीकरण गर्दै आएको केन्द्रले अनुदान सहयोग प्राप्त भएसँगै हाल दुई हजार पाँच सय लिटर दूध सङ्कलन, प्रशोधन र बजारीकरण गर्न थालेको छ । “उपआयोजनापूर्व दूध, दही र पनिर मात्र उत्पादन हुन्थ्यो, अनुदान सहियोगपछि आइसक्रिम, खुवा, मिठाईलगायत वस्तु पनि विविधिकरण गरिएको छ”, उनले भने ।

उपआयोजना सञ्चालनपश्चात ५० जनाले प्रत्यक्ष र एक सय जनाले अप्रत्यक्षरुपमा रोजगारी पाएका छन् । आयोजनाअन्तर्गत गण्डकी प्रदेशका जिल्लामा कुल दुई सय ४१ अवधारणापत्र प्राप्त भएकामा एक सय ७८ फार्म एवं संस्था स्वीकृत भएको पूर्ण प्रस्ताव तालिम तथा मूल्याङ्कनपछि ७४ उपआयोजनासँग सम्झौता भएको विकेन्द्रीकरण आयोजना सहयोग एकाइ पोखराका निमित्त प्रमुख डा प्रकाश अधिकारीले जानकारी दिए ।


प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?