Trending
>>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन >>   ‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’ >>   स्वास्थ्य बीमामा सुधार ल्याउन सरकारले स्वदेशी उद्योगबाटै ‘बल्क’मा औषधि खरिद गर्ने >>   नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न >>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी
Logo
२८ फाल्गुन २०८२, बिहीबार
२८ फाल्गुन २०८२, बिहीबार

हिमपहिरोमा बेपत्ता पाँचै जनाको शव फेला


२८ वैशाख, दार्चुला । दार्चुलाको व्यास गाउँपालिका –१ भोलुङमा गएको हिमपहिरोमा बेपत्ता भएका पाँचै जनाको शव फेला परेको छ। वैशाख १९ गते गएको हिमपहिरोमा परेर पाँच जना बेपत्ता भएका थिए। सात जनाले भागेर ज्यान जोगाएका थिए।

हिमपहिरोमा बेपत्ता भएको नौ दिनपछि डोटीको जोरायल गाउँपालिका –२ की १५ वर्षीया छिमी सोमो थापाको शव भेटिएसँगै हिमपहिरोमा बेपत्ता भएका पाँच जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

व्यास गाउँपालिका –१ छाङरुमा रहेको सशस्त्र प्रहरी बल नम्बर ५० गुल्म र सितापुल प्रहरी चौकीबाट खटिएका सुरक्षाकर्मीले बेपत्ताको खोजी गरेको उनले बताए। यसअघि अन्य चार जनाको शव फेला परेको ठाउँबाट करिब दुई सय मिटर तल किशोरी थापाको शव फेला परेको प्रहरीले जनाएको छ।

मृत फेला परेका पाँचै जनाको शवलाई भारतीय बाटो हुँदै दार्चुला सदरमुकाम खलङ्गा ल्याइएको छ। नेपालतर्फ सुरक्षित बाटो नहुँदा भारतीय बाटोको प्रयोग गरेर शव खलङ्गा ल्याइएको हो।

हिमपहिरोमा परेर दार्चुलाको दुहुँ गाउँपालिका–४ का १८ वर्षीय प्रवीण कुँवर, उहाँकी आमा ३६ वर्षीया कमला कुँवर, डोटी जोयराल गाउँपालिका–२ डोटीका ४५ वर्षीया नवती डोमा थापा, २८ वर्षीय ईश्वरी थापा र १५ वर्षीया छिमी सोमो थापाको मृत्यु भएको सशस्त्र प्रहरी बल नम्बर–५० का गुल्मपति ईश्वरी भट्टले बताए।


प्रकाशित मिति: २८ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?