Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

हिमपहिरोमा बेपत्ता पाँचै जनाको शव फेला


२८ वैशाख, दार्चुला । दार्चुलाको व्यास गाउँपालिका –१ भोलुङमा गएको हिमपहिरोमा बेपत्ता भएका पाँचै जनाको शव फेला परेको छ। वैशाख १९ गते गएको हिमपहिरोमा परेर पाँच जना बेपत्ता भएका थिए। सात जनाले भागेर ज्यान जोगाएका थिए।

हिमपहिरोमा बेपत्ता भएको नौ दिनपछि डोटीको जोरायल गाउँपालिका –२ की १५ वर्षीया छिमी सोमो थापाको शव भेटिएसँगै हिमपहिरोमा बेपत्ता भएका पाँच जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

व्यास गाउँपालिका –१ छाङरुमा रहेको सशस्त्र प्रहरी बल नम्बर ५० गुल्म र सितापुल प्रहरी चौकीबाट खटिएका सुरक्षाकर्मीले बेपत्ताको खोजी गरेको उनले बताए। यसअघि अन्य चार जनाको शव फेला परेको ठाउँबाट करिब दुई सय मिटर तल किशोरी थापाको शव फेला परेको प्रहरीले जनाएको छ।

मृत फेला परेका पाँचै जनाको शवलाई भारतीय बाटो हुँदै दार्चुला सदरमुकाम खलङ्गा ल्याइएको छ। नेपालतर्फ सुरक्षित बाटो नहुँदा भारतीय बाटोको प्रयोग गरेर शव खलङ्गा ल्याइएको हो।

हिमपहिरोमा परेर दार्चुलाको दुहुँ गाउँपालिका–४ का १८ वर्षीय प्रवीण कुँवर, उहाँकी आमा ३६ वर्षीया कमला कुँवर, डोटी जोयराल गाउँपालिका–२ डोटीका ४५ वर्षीया नवती डोमा थापा, २८ वर्षीय ईश्वरी थापा र १५ वर्षीया छिमी सोमो थापाको मृत्यु भएको सशस्त्र प्रहरी बल नम्बर–५० का गुल्मपति ईश्वरी भट्टले बताए।


प्रकाशित मिति: २८ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?