Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

ट्युनिसियाको सिनेगोग नजिक भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या ६ पुग्यो


२८ वैशाख, एजेन्सी । दक्षिणी ट्युनिसियाको जेर्बा टापुमा रहेको ला घ्रिबा सिनेगोग नजिक मङ्गलबार राति भएको गोलीकाण्डमा आक्रमणकारीसहित छ जनाको मृत्यु भएको ट्युनिसियाली विदेश मन्त्रालयले बुधबार जनाएको छ । “पीडितहरू मध्ये तीनजना नेशनल गार्डका एजेन्ट, दुई नागरिक र एक फ्रान्सेली र अर्को ट्युनिसियाली–फ्रान्सेली नागरिक रहेको मन्त्रालयले विज्ञप्तिमार।फत जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको छ । मन्त्रालयले भनेको छ– “निर्दोष मानिसहरूमाथिको यो आक्रमणले देशको एकता र सबै प्रकारका अपराधहरू विरुद्ध अथक प्रतिरोध जारी राख्ने र यसका पछाडि भएकाहरूलाई पराजित गर्ने दृढ संकल्प गरेको छ ।”

मङ्गलबार राति नेशनल गार्डसँग सम्बद्ध एक गार्डले सभाघर नजिकै तैनाथ सुरक्षा कर्मचारीहरूमाथि गोली चलाउँदा दुई आगन्तुक र अन्य सुरक्षा अधिकारीहरू मारिएका थिए ।

सुरक्षा अधिकारी र सर्वसाधारण सहित कैयौं घाइते भएकाहरूको उपचार भइरहेको छ ।


प्रकाशित मिति: २८ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?