Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

ट्युनिसियाको सिनेगोग नजिक भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या ६ पुग्यो


२८ वैशाख, एजेन्सी । दक्षिणी ट्युनिसियाको जेर्बा टापुमा रहेको ला घ्रिबा सिनेगोग नजिक मङ्गलबार राति भएको गोलीकाण्डमा आक्रमणकारीसहित छ जनाको मृत्यु भएको ट्युनिसियाली विदेश मन्त्रालयले बुधबार जनाएको छ । “पीडितहरू मध्ये तीनजना नेशनल गार्डका एजेन्ट, दुई नागरिक र एक फ्रान्सेली र अर्को ट्युनिसियाली–फ्रान्सेली नागरिक रहेको मन्त्रालयले विज्ञप्तिमार।फत जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको छ । मन्त्रालयले भनेको छ– “निर्दोष मानिसहरूमाथिको यो आक्रमणले देशको एकता र सबै प्रकारका अपराधहरू विरुद्ध अथक प्रतिरोध जारी राख्ने र यसका पछाडि भएकाहरूलाई पराजित गर्ने दृढ संकल्प गरेको छ ।”

मङ्गलबार राति नेशनल गार्डसँग सम्बद्ध एक गार्डले सभाघर नजिकै तैनाथ सुरक्षा कर्मचारीहरूमाथि गोली चलाउँदा दुई आगन्तुक र अन्य सुरक्षा अधिकारीहरू मारिएका थिए ।

सुरक्षा अधिकारी र सर्वसाधारण सहित कैयौं घाइते भएकाहरूको उपचार भइरहेको छ ।


प्रकाशित मिति: २८ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?