Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा देवकोटा


२७ वैशाख ,गण्डकी । गण्डकी प्रदेश नीति तथा योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले बुधबार पद तथा गोपनीयताको सपथ लिएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं आयोगका अध्यक्ष सुरेन्द्रराज पाण्डेले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित समारोहमा आयोगका नवनियुक्त उपाध्यक्ष डा देवकोटालाई सपथ गराएका हुन् ।

सपथ लिएलगत्तै डा देवकोटाले आयोगको उपाध्यक्षको पदभार सम्हालेका छन् । सो अवसरमा उनले संविधानले दिएको सीमाभित्र रहेर प्रदेशलाई बलियो र समृद्धशाली बनाउन भूमिका खेल्ने बताए । कृषि, पर्यटन पूर्वाधार, जलस्रोत, गुणस्तरीय शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा प्राथमिकीकरणका आधारमा काम गर्नुपर्ने उनले उल्लेख गरे ।

प्रदेश सरकारको नीति तथा योजना कार्यान्वयनमा सबै पक्षसँग मिलेर काम गर्ने उनले बताए । को हुन् डा देवकोटा ? विसं २०३९ मा गोरखामा जन्मेका उनले गोरखाकै अमरज्योति जनता माध्यमिक विद्यालयबाट विसं २०५५ मा एसएलसी उत्तीर्ण गरेका थिए । उनले विसं २०५७ मा काठमाडौँको सिद्धार्थ वनस्थलीबाट आइएस्सी र विसं २०६० मा त्रिचन्द्र कलेजबाट बिएस्सी उत्तीर्ण गरेका थिए ।

विसं २०६७ मा दक्षिण कोरियाबाट स्नानकोत्तर उपाधि हासिल गरेका डा देवकोटाले कोरियामै रहेर राष्ट्रिय विपद् जोखिम प्राधिकरणमा वरिष्ठ अनुसन्धानकर्ताका रूपमा दुई वर्ष काम गरेका थिए । थाइल्याण्डको बैंककमा एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरमा प्राविधिक विपद् विज्ञका रूपमा तीन वर्ष काम गरेका थिए । त्यहाँ रहँदा उनले विश्व बैंकको लगानीमा लाओस, कम्बोडिया, भियतनाम, भारतलगायत दक्षिणपूर्वी एसियाली देशमा विपद्मैत्री पूर्वाधार विकासमा काम गरेका थिए ।

विसं २०७२ को भूकम्पपछि नेपाल फर्केका डा देवकोटाले स्वीस एजेन्सीमा रहेर नेपाललगायत अफगानिस्तान, भुटान र काजकिस्तानको विकास योजना तथा विपद् जोखिम व्यवस्थापनको क्षेत्रमा तीन वर्ष काम गरेका थिए । पछिल्लो समय उनि विपद् र विकाससँगै अनुसन्धानको क्षेत्रका क्रियाशील रहँदै आएका थिए । डा देवकोटालाई प्रदेश सरकारले गत आइतबार प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो ।


प्रकाशित मिति: २७ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?