Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

भीमनारायण कप : पहिलो खेलमा विराटनगर विजयी


२७ वैशाख ,धनकुटा । धनकुटा जिल्लाको सबैभन्दा बढी पुरस्कार राशि भएको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १५औँ संस्करण आजदेखि सुरु भएको छ ।

धनकुटाको तल्लो टुँडिखेलमा सञ्चालन भइरहेको खेलको उद्घाटन खेलमा पेमा युवा क्लब विराटनगर विजयी भएको छ । विराटनगरले आयोजक धनकुटालाई टाइब्रेकर (पेनाल्टी) मा ४–२ गोल अन्तरले पराजित गरेको हो ।

निर्धारित समयमा खेल २–२ गोलको बराबरीमा टुङ्गिएपछि पेनाल्टी सुट आउटबाट निर्णय गरिएको थियो । खेलको ३१औँ मिनेटमा आकास राईले गोल गर्दै आयोजकलाई अग्रता दिलाएका थिए ।

त्यसको पाँच मिनेटपछि विपक्षी टिमका विदेशी खेलाडी ओस्कारले खेलको ३३औँ मिनेटमा गोल गर्दै खेललाई बराबरी बनाएका थिए । खेलको ७७औँ मिनेटमा ओस्कारले पुन अर्को गोल गरेर आफ्नो टिमलाई १ का विरुद्ध २ गोलले आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।

तर खेलको ८२औँ मिनेटमा आयोजका तर्फबाट दिपेन शाक्यले गोल गर्दै खेल बराबरी बनाएका थिए । प्रतियोगितामा आयोजक टिम र पेमा युवा क्लब विराटनगरसहित प्लानिङ ब्वाइज क्लब काठमाडौँ, कञ्चनजङ्घा फुटबल क्लब सिलगुडी भारत, राष्ट्रिय जागृति फुटबल क्लब सुनसरी, झापा फुटबल क्लब झापा, एपिएफ काठमाडौँ र वीरगञ्ज युनाइटेड वीरगञ्जको सहभागिता रहेको छ ।

प्रतियोगितामा विजयी टोलीले नगद रु पाँच लाख नगद र उपविजेताले नगद रु दुई लाख ५० नगद पाउने सहिद भीमनारायण श्रेष्ठ प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले जानकारी दिए । विसं २०३० मा तत्कालीन राजा वीरेन्द्रलाई बम हानेको अभियोगमा पक्राउ परेका भीमनारायण श्रेष्ठलाई विसं २०३५ मा मृत्युदण्ड दिएको थियो ।उनैको सम्झना र सम्मानमा विसं २०५५ देखि फुटबल प्रतियोगिता हुदै आएको हो ।


प्रकाशित मिति: २७ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?