Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

जनताले औँला नउठाउने गरी काम गर्छौँ : मुख्यमन्त्री पाण्डे


२७ वैशाख ,लेखनाथ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताले औँला नउठाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भर्खरै सम्पन्न उपनिर्वाचनको परिणामले पुरानो राज्य संरचनाबाट गरिने कामकारबाही अब काम नलाग्ने उल्लेख गरे ।

नेपाली कांग्रेस कास्कीद्वारा आज पोखरामा गण्डकी प्रदेश सदस्यमा गठबन्धनकातर्फबाट निर्वाचित मुख्यमन्त्री, मन्त्री तथा प्रदेशसभा सदस्यको सम्मानमा आयोजित शुभकामना तथा बधाई कार्यक्रममा मुख्यमन्त्री पाण्डेले सो धारणा राखेका हुन् ।

“नेपाली जनताले हाम्रा प्रत्येक गतिविधिमा निगरानी गरिरहेका छन्, अब पनि गल्ती ग¥यौँ भने जनताले हामीलाई छाड्ने छैनन्, तीन तहको सरकारले अब नयाँ किसिमबाट आफ्ना कामकारबाहीलाई अगाडि बढाउन जरुरी छ”, उनले भने ।

“सीमित स्रोत र साधनलाई उपयोग पारदर्शीरुपमा जनताको हित र चाहनाअनुसार नै सरकार अगाडि बढ्न जरुरी छ”, उनले भने, “आम नेपाली जनताले सरकारको अनुभूति गर्न सकुन् ।”

जनताको शिर उठ्नेगरी काम गर्न जरुरी रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले अब पनि ठूला दलले नयाँ ढङ्गबाट अगाडि बढेनन् भने आगामी निर्वाचनमा जनताले तर्क गरे । गण्डकी प्रदेश सरकारले एक दुई दिनमै पूर्णता पाउने बताउँदै उनले कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबाट मन्त्री बन्ने र एक दुई दिनभित्र मन्त्री नियुक्त गरिने बताए  ।

गण्डकी प्रदेशले कृषि, उद्योग, शिक्षा तथा स्वास्थ्य, पर्यटन तथा सिँचाइलाई प्राथमिकतामा राखेको र निर्वाचनमा गाउँमा जाँदा गरिएका प्रतिबद्धतालाई समेत पूरा गर्ने भनाइ उनको छ । नेकपा (माओवादी केन्द्र)का नेता तथा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमानले गण्डकी प्रदेश सरकारले परिणाम देखिने गरी काम गर्न जरुरी भएको बताए ।

उनले अब पनि पुरानै शैलीबाट अगाडि बढयौ भने आगामी निर्वाचनमा ठूला दल बडारिने तर्क गर्नुभयो । प्रि–बजेटसम्बन्धी छलफल गर्न पनि समय धेरै नभएकाले मन्त्रिमण्डल छिटै गठन गर्नुपर्ने नेता चुमानको जोड थियो ।


प्रकाशित मिति: २७ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?