Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

एपिएफलाई हराउँदै वालिङ निलो फाइनलमा


स्याङ्जाको वालिङ खेलमैदानमा आज सम्पन्न खेलमा एपिएफलाई हराउँदै आयोजक वालिङ युनाईटेड निलो फाईनल प्रवेश गरेको छ । एपिएफ काठमाडौंलाई १–० गोलले पराजित गर्दै वालिङ निलो फाईनल प्रवेश गरेको हो । वालिङ युनाईटेड फुटबल क्लबले आयोजना गरेको प्रथम वालिङ गोल्डकपको आजको खेलमा जर्सी नं. १८ का अजय मार्टिन्सको गोलमा वालिङ निलो बिजयी भएको हो ।

दोस्रो हाफमा दुवै पक्षबाट गोल नभएपछि अन्ततः वालिङ निलो बिजयी हुँदै फाईनल प्रवेश गरेको हो । पराजयसँगै एपिएफ बाहिरिएको छ । बिजयी भएको वालिङ निलोले आगामी शनिबार वालिङ युनाईटेड रातो र एभिनियरबीचको बिजेतासँग फाईनलमा प्रतिस्पर्धा गर्ने छ । आजको खेलमा वालिङ युनाईटेडका जर्सी नं. ९ का विश्वास श्रेष्ठलाई उत्कृष्ट खेलाडीको पुरस्कार दिईएको छ । भोलि दोस्रो सेमिफाईनल खेल वालिङ युनाईटेड रातो र एभिनियर फुटबल क्लब क्यामरुनबीच हुने छ । उक्त प्रतियोगिता स्याङ्जा जिल्लाकै सर्वाधिक राशीको राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हो । माघ ६ गतेसम्म दैनिक एक÷एक वटामात्रै खेल हुने छ । आगामी शनिबार फाईनल खेल हुने छ ।

प्रतियोगितामा पराजित भएसँगै लिस्नु फुटबल क्लब रुपन्देही, केबिएल ग्लोबल भरतपुर फुटबल क्लब चितवन, साहारा क्लब पोखरा, त्रिभुवन आर्मी क्लब काठमाडौं र एपिएफ फुटबल क्लब काठमाडौं बाहिरिएका छन् । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. पाँच लाख र द्वितीय हुने टिमले नगद रु. दुई लाख पचास हजारसहित शिल्ड प्राप्त गर्नेछन् ।


प्रकाशित मिति: ५ माघ २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?