Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

एपिएफलाई हराउँदै वालिङ निलो फाइनलमा


स्याङ्जाको वालिङ खेलमैदानमा आज सम्पन्न खेलमा एपिएफलाई हराउँदै आयोजक वालिङ युनाईटेड निलो फाईनल प्रवेश गरेको छ । एपिएफ काठमाडौंलाई १–० गोलले पराजित गर्दै वालिङ निलो फाईनल प्रवेश गरेको हो । वालिङ युनाईटेड फुटबल क्लबले आयोजना गरेको प्रथम वालिङ गोल्डकपको आजको खेलमा जर्सी नं. १८ का अजय मार्टिन्सको गोलमा वालिङ निलो बिजयी भएको हो ।

दोस्रो हाफमा दुवै पक्षबाट गोल नभएपछि अन्ततः वालिङ निलो बिजयी हुँदै फाईनल प्रवेश गरेको हो । पराजयसँगै एपिएफ बाहिरिएको छ । बिजयी भएको वालिङ निलोले आगामी शनिबार वालिङ युनाईटेड रातो र एभिनियरबीचको बिजेतासँग फाईनलमा प्रतिस्पर्धा गर्ने छ । आजको खेलमा वालिङ युनाईटेडका जर्सी नं. ९ का विश्वास श्रेष्ठलाई उत्कृष्ट खेलाडीको पुरस्कार दिईएको छ । भोलि दोस्रो सेमिफाईनल खेल वालिङ युनाईटेड रातो र एभिनियर फुटबल क्लब क्यामरुनबीच हुने छ । उक्त प्रतियोगिता स्याङ्जा जिल्लाकै सर्वाधिक राशीको राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हो । माघ ६ गतेसम्म दैनिक एक÷एक वटामात्रै खेल हुने छ । आगामी शनिबार फाईनल खेल हुने छ ।

प्रतियोगितामा पराजित भएसँगै लिस्नु फुटबल क्लब रुपन्देही, केबिएल ग्लोबल भरतपुर फुटबल क्लब चितवन, साहारा क्लब पोखरा, त्रिभुवन आर्मी क्लब काठमाडौं र एपिएफ फुटबल क्लब काठमाडौं बाहिरिएका छन् । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. पाँच लाख र द्वितीय हुने टिमले नगद रु. दुई लाख पचास हजारसहित शिल्ड प्राप्त गर्नेछन् ।


प्रकाशित मिति: ५ माघ २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?