Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

बत्तीस सय परिवारलाई बिजुली : प्रम दाहालद्वारा उद्घाटन


२६ वैशाख ,काभ्रेपलाञ्चोक । जिल्लाको डाँडापारिस्थित दक्षिणी क्षेत्रमा अवस्थित महाभारत गाउँपालिकाको तीन हजार दुई सय परिवारलाई आजदेखि केन्द्रीय विद्युत् उपलब्ध गराइएको छ ।

सरकारको उज्यालो अभियान कार्यक्रमअन्तर्गत महाभारतका सबै परिवारमा पुर्याइएको बिजुलीको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज एक कार्यक्रमका बीच उद्घाटन गरे ।

कार्यक्रममा प्रधानमन्त्री दाहालले आगामी नीति, कार्यक्रम तथा बजेटमा आउँदो दुई वर्षभित्र प्रत्येक घरमा बिजुलीको व्यवस्थापन गरिसक्ने घोषणा गर्ने बताए । “नेपाली लोडसेडिङको युगबाट विद्युत् बिक्री गर्ने युगमा आइसकेका छन्, म केही समयपछि भारत भ्रमणमा जाँदा विद्युत् बिक्री र उत्पादनका विषयमा छलफल गरी सम्झौतासमेत गर्नेछु”, उनले भने ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल ९५ प्रतिशत नेपाली विद्युत्को केन्द्रीय प्रसारण लाइनमा जोडिई उज्यालो उपभोग गरिरहेको उल्लेख गर्दै दुई प्रदेश पूर्ण विद्युतीकरण भइरहेको र अबको केही महिनामा कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा पूर्ण विद्युतीकरण घोषणा गर्ने तयारी भइरहेको बताए ।

स्थानीय जनप्रतिनिधिले अवस्थामा महाभारत गाउँपालिकामा बिजुलीको मागपत्र पेश गरेपछि तत्कालीन नेकपाको सरकारले रु एक अर्ब ५६ करोड रकम विनियोजन गरी विद्युतीकरणको काम सुरु गरिएको थियो ।

केन्द्रीय प्रसारण लाइन नभएका कारण उक्त गाउँपालिकामा उद्योग कलकारखाना सञ्चालन गर्न नसकिएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले बताए । उनका अनुसार यसअघि गाउँपालिकामा लघु जलविद्युत्, सोलार तथा अन्य वैकल्पिक उपायबाट घरमा बत्ती बाल्दै आइएको थियो ।


प्रकाशित मिति: २६ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?