Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

सोलुखुम्बुमा राजस्व सङ्कलनमा कमी


सोलुखुम्बुमा फार्र्म दर्ता गराउनेको सङ्ख्यामा ५६ प्रतिशतले गिरावट आएपछि घरेलु तथा साना उद्योग कार्यालयको राजश्व सङ्कलनमा कमी आएको छ । गत आर्थिक वर्ष २०७८/७९ को पहिलो पाँच महिनाको तुलनामा चालु आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा उद्योग तथा वाणिज्यतर्फ फार्म दर्ता गराउनेको सङ्ख्यामा कमी आएको छ।

गत आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्ममा दुई सय एक उद्योग र २४ वाणिज्य फार्र्म दर्ता भएका थिए । तर चालु आर्थिक वर्षको सोही अवधिमा ७४ उद्योग र २४ वाणिज्य फार्म मात्र दर्ता भएका छन् । कार्यालयमा फार्र्म दर्ता गराउनेको सङ्ख्यामा कमी आएसँगै राजस्व सङ्कलनमा पनि ४८ प्रतिशतले कमी आएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी सुनिता राईले जानकारी दिनुभयो । गत आर्थिक वर्षको पहिलो पाँच महिनामा रु चार लाख ७० हजार राजस्व सङ्कलन भएकामा चालु आवमा रु दुई लाख ४० हजार मात्र राजस्व सङ्कलन भएको छ ।

गत वर्ष कोभिड–१९ का कारण गाउँ फर्किएका नागरिकले अनुदानका लागि विभिन्न फार्म दर्ता गर्ने क्रम बढेको थियो । यस वर्ष अनुदान कार्यक्रम नहुँदा फार्म दर्ता गराउनेको सङ्ख्या घटेको उद्योग अधिकृत सङ्गीता थुलुङ राईले बताउनुभयो ।


प्रकाशित मिति: १४ पुष २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?