Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

फ्रान्सका राष्ट्रपति म्याक्रोँले जर्मनीको राजकीय भ्रमण गर्ने


२६ वैशाख, एजेन्सी । ऊर्जा नीतिदेखि चीनसम्मका विषयमा जारी तनावका बीच फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले आगामी जुलाईमा जर्मनीको पहिलो राजकीय भ्रमण गर्ने भएका छन्।

राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमियरको निमन्त्रणामा राष्ट्रपति म्याक्रोँले जुलाई २ देखि ४ सम्म जर्मनीको भ्रमण गर्ने भएका हुन्।

स्टाइनमियरको कार्यालयले २३ वर्षमा फ्रान्सका राष्ट्रपतिको यो पहिलो राजकीय भ्रमण हुने जनाएको छ।

म्याक्रोँले स्टेनमियरसँग ‘जर्मनीका विभिन्न क्षेत्रहरू’ को भ्रमण गर्नुहुनेछ र हाम्रा राज्यहरू, हाम्रा नागरिकहरू र विशेष गरी जर्मन र फ्रान्सेली युवाहरू बीचको अद्वितीय सम्बन्धलाई जोड दिने बताएका छन्।

जर्मनीकी विदेशमन्त्री एनालेना बेयरबोकले फ्रान्सेली समकक्षी क्याथरिन कोलोनासँग मङ्गलबार भेटवार्ता गर्ने र बुधबार एलिसी प्यालेसमा हुने मन्त्रिपरिषद्को बैठकमा सहभागी हुने कार्यक्रम रहेको म्याक्रोँको कार्यालयले जनाएको छ।

नयाँ विश्वव्यापी वित्तीय सम्झौताका लागि सम्मेलन, जुनको अन्त्यमा युरोपेली सङ्घको शिखर सम्मेलन र जुलाईमा नेटो शिखर सम्मेलनलगायतका महत्वपूर्ण कार्यक्रमहरू अघि म्याक्रोँले ६ जुनमा जर्मन चान्सलर ओलाफ स्कोल्जलाई भेट्न बर्लिनबाहिर पोट्सडाम जानेछन्।

फ्रान्सेली राष्ट्रपतिले ‘दुई देशबीच अझ घनिष्ठ सहयोग’ को विकाश गर्न शरद ऋतुमा दुई सरकारहरूको बैठकको घोषणा पनि गरेका छन्।


प्रकाशित मिति: २६ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?