Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

फ्रान्सका राष्ट्रपति म्याक्रोँले जर्मनीको राजकीय भ्रमण गर्ने


२६ वैशाख, एजेन्सी । ऊर्जा नीतिदेखि चीनसम्मका विषयमा जारी तनावका बीच फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले आगामी जुलाईमा जर्मनीको पहिलो राजकीय भ्रमण गर्ने भएका छन्।

राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमियरको निमन्त्रणामा राष्ट्रपति म्याक्रोँले जुलाई २ देखि ४ सम्म जर्मनीको भ्रमण गर्ने भएका हुन्।

स्टाइनमियरको कार्यालयले २३ वर्षमा फ्रान्सका राष्ट्रपतिको यो पहिलो राजकीय भ्रमण हुने जनाएको छ।

म्याक्रोँले स्टेनमियरसँग ‘जर्मनीका विभिन्न क्षेत्रहरू’ को भ्रमण गर्नुहुनेछ र हाम्रा राज्यहरू, हाम्रा नागरिकहरू र विशेष गरी जर्मन र फ्रान्सेली युवाहरू बीचको अद्वितीय सम्बन्धलाई जोड दिने बताएका छन्।

जर्मनीकी विदेशमन्त्री एनालेना बेयरबोकले फ्रान्सेली समकक्षी क्याथरिन कोलोनासँग मङ्गलबार भेटवार्ता गर्ने र बुधबार एलिसी प्यालेसमा हुने मन्त्रिपरिषद्को बैठकमा सहभागी हुने कार्यक्रम रहेको म्याक्रोँको कार्यालयले जनाएको छ।

नयाँ विश्वव्यापी वित्तीय सम्झौताका लागि सम्मेलन, जुनको अन्त्यमा युरोपेली सङ्घको शिखर सम्मेलन र जुलाईमा नेटो शिखर सम्मेलनलगायतका महत्वपूर्ण कार्यक्रमहरू अघि म्याक्रोँले ६ जुनमा जर्मन चान्सलर ओलाफ स्कोल्जलाई भेट्न बर्लिनबाहिर पोट्सडाम जानेछन्।

फ्रान्सेली राष्ट्रपतिले ‘दुई देशबीच अझ घनिष्ठ सहयोग’ को विकाश गर्न शरद ऋतुमा दुई सरकारहरूको बैठकको घोषणा पनि गरेका छन्।


प्रकाशित मिति: २६ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?