Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

५ सदस्यीय प्रहरी टोली अमेरिका प्रस्थान, आइजीपी कुँवरले रद्द गरे भ्रमण


२६ वैशाख, काठमाडाैँ । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) किरण बज्राचार्यको नेतृत्वमा प्रहरीको पाँच सदस्यीय टोली अमेरिका प्रस्थान गरेको छ ।

संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डिसी र न्युयोर्कमा यही वैशाख २७ देखि २९ गतेसम्म हुन लागेको नेतृत्व विकाससम्बन्धी कार्यक्रममा भाग लिन आज साँझ एआइजी बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय टोली अमेरिका प्रस्थान गरेको हो ।

अमेरिका प्रस्थान गर्नेमा एआइजी बज्राचार्यसँगै एआइजी सुदीप गिरी, प्रहरी नायब महानिरीक्षक (डिआइजी) रामदत्त जोशी, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रबहादुर धामी र प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्का रहेका छन् ।

अमेरिकामा हुने उक्त कार्यक्रममा भविष्यमा हुने सुरक्षा चुनौती र आतङ्कवाद,  डिजिटल अपराध, क्रिप्टोकरेन्सी कारोबार, वित्तीय अपराध अनुसन्धान तथा नियन्त्रणका बारेमा ज्ञान आदानप्रदान हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्यक्रमबाट नेपाल र अमेरिकाका सुरक्षा निकायहरूबीचको सम्बन्ध सुमधुर हुने अपेक्षासमेत लिइएको छ ।


प्रकाशित मिति: २६ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?