Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

प्रतिभा प्रस्फुटन गर्ने माध्यम बन्दै टिकटक


२५ वैशाख, काठमाडाैँ । बदलिँदो समयसँगै मानिसले मनोरञ्जन गर्ने माध्यमसमेत परिवर्तन हुँदै गएका छन् । प्रविधिको तीव्र विकासँगै विकास भएका सामाजिक सञ्जाल अहिलेको मानिसको मनोरञ्जनको प्रमुख माध्यम बनेको छ । त्यसमा पनि पछिल्लो समय टिकटकमा रमाउने बढी छन् ।

मानिसका लागि मनोरञ्जन मात्रै नभइ टिकटक आजकल प्रतिभा प्रस्फुटन गर्ने माध्यम भएको छ । टिकटकमार्फत गीतमा अभिनय गर्ने कञ्चनपुर भीमदत्त नगरपालिका– १८ का नरेश जोशी अहिले म्युजिक भिडियोमा पनि अभिनय गर्न थालेका छन् । सुरुवाती समयमा टिकटकमा अभिनय गरेका भिडियो सार्वजनिक गर्न थालेपछि उनको अभिनय मन पराउनेको सङ्ख्या धेरै भयो ।

टिकटकमार्फत नै चर्चामा आएका उनी पछिल्लो समय देउडा गीतमा अभिनय गर्न खोजिने पात्र बनेका छन् । “टिकटकमा अभिनय गरेका भिडियो राख्थे पछि म्युजिक भिडियोमा पनि अभिनय गर्ने अवसर पाए”, जोशीले भने,“अहिलेसम्म एकदर्जन बढी भिडियोमा अभिनय गरिसकेको छु ।” विशेषगरी देउडा गीतमा अभिनयका लागि अफर आउने गरेको उनले बताए । लामो समय रोजगारीका लागि भारत बसेका उनले केही वर्षयता कञ्चनपुरमा अटो व्यवसाय सञ्चालन गरिराखेका छन् । “परिवारको जोहो गर्न अटो चलाउछु अभिनय त कहिलेकाही मात्रै हो”, उनले भने, “अभिनयबाटै घरपरिवार चल्ने नदेखेपछि अटो व्यवसाय पनि गरिराखेको छु ।”

कोरोना भाइरस महामारी फैलिएका वर्ष समय बिताउन मानिसलाई सजिलो माध्यम बन्यो टिकटक । त्यसयता नै नेपालमा पनि टिकटकको चर्चा एकाएक चुलियो । यसले कयौँ मानिसका प्रतिभालाई बजारमा परिचित गरायो । कयौँ मानिसलाई लोकप्रिय बनायो नाम पनि नसुनिएका ठाउँलाई एकाएक पर्यटन क्षेत्र बनायो । कक्षा १२ पास गरेर उच्च शिक्षा अध्ययनका लागि महेन्द्रनगर आएका बैतडीका प्रतिभा भट्ट पनि अहिले चर्चामा छन् ।

बैतडी बस्दासम्म मोबाइलसमेत नभएका उनी अहिले देउडा गीत गाएका भिडियो टिकटकमा राखेर चर्चामा छन् । “बैतडीबाट महेन्द्रनगर आए पनि एकदिन देउडा गीत गाएको भिडियो टिकटकमा राखे”, भट्टले भने, “टिकटकमा फलोअर्स र भ्यूज धेरै आयो साथीहरुले पनि राम्रो छ अझ गाउनुपर्छ भने ।” उनले पछि स्वर राम्रो छ अझै गाउनुप¥यो भनेर अनुरोध आउन थालेपछि थप भिडियो टिकटकमा पोष्ट गर्न थालेको बताए।

त्यसैगरी यहाँका लक्ष्मण अधिकारीले पनि टिकटक प्रतिभा प्रस्फुटन गर्ने प्रमुख माध्यम बनेको बताए । “मैले टिकटकमा देउडा गीतको मात्रै भिडियो बनाउने गरेको छु”, उनले भने, “सबैले देउडा गीत पनि हेरुन् सुनुन् हाम्रो भाषा संस्कृतिको पनि प्रचार होस् भन्ने उद्देश्य पनि हो ।” देउडा गीतमा अभिनयसँगै आफ्नै स्वरमा गीतसमेत बजारमा ल्याएको उनले बताए । अहिले उनका ‘दुवैको लाहुर्या’ लगायतका गीत चर्चामा छन् ।


प्रकाशित मिति: २५ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?