Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

उपराष्ट्रपतिद्वारा नेता पुनको स्वास्थ्यवस्थाबारे जानकारी


उपराष्ट्रपति नन्दबहादुर पुनले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । आज बिहान ललितपुरस्थित सुमेरु अस्पताल पुगेर उहाँले पुनको स्वास्थ्यलाभको कामना गर्नुभएको हो ।

वंशाणुगत जण्डीसबाट पीडित उपमहासचिव पुनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उहाँको सचिवालले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि नेता पुन शनिबार रोल्पाबाट हेलिकोप्टरमा काठमाडौँ फर्केर अस्पताल भर्ना हुनुभएको थियो । आजै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि नेता पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिई स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

यसअघि मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनलाई भेटी स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।


प्रकाशित मिति: ४ माघ २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?