Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

‘४० प्रतिशत जापानी युवाले उच्च शिक्षा निःशुल्क होस् भन्ने चाहन्छन्’


२५ वैशाख, जापान । जापानमा १० देखि १८ वर्ष उमेर समूहका जापानी युवामा हालै गरिएको एक सर्वेक्षणले ४० प्रतिशतले बालबालिकाका लागि उच्च शिक्षालाई निःशुल्क बनाउने नीतिलाई सरकारका उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

निप्पोन फाउन्डेसनले गरेको अनलाइन सर्वेक्षणमा मार्चमा १० हजार व्यक्तिलाई समावेश गरिएको थियो । उत्तरदाताहरूलाई एक भन्दा बढी उत्तरहरू छनौट गर्न दिइएको थियो ।

बालबालिकाका लागि सरकारले आफ्नो नीतिमा के लाई प्राथमिकता दिनुपर्छ भन्ने प्रश्नमा ४० प्रतिशत उत्तरदाताले उच्च माध्यमिक विद्यालय र विश्वविद्यालयलाई ट्युसनमुक्त बनाउनुपर्ने बताएका थिए भने ३७ प्रतिशतले भयरहित समाज निर्माण गनुपर्ने बताएका थिए ।

बालबालिकालाई अपराधबाट जोगाउने र सहयोगको गम्भीर खाँचोमा परेका बालबालिकाको आवाज राम्ररी सुन्ने दुवै प्रश्नको जवाफ ३० प्रतिशतभन्दा बढी थियो ।

निप्पोन फाउन्डेसनका एरिको ताकाहाशीका अनुसार सर्वेक्षणमा केही बालबालिकाले आफ्ना आमाबाबुको आर्थिक अवस्थाका कारण आफूले चाहेको शिक्षाका लागि अनुरोध गर्न हिचकिचाउने गरेको बताएका छन् ।

उनले बालबालिकालाई आफ्नो विचारको सम्मान गर्ने अधिकार छ भन्ने ज्ञान सरकारले फैलाउनुपर्ने र सुधारका लागि ठोस कदम चाल्नुपर्ने बताए ।


प्रकाशित मिति: २५ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?