Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

रसुवामा नेपाली सेनाको खोज उद्धार अभ्यास सम्पन्न


आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन

२५ वैशाख, रसुवा । विपद् व्यवस्थापनलाई प्रभावकारि बनाउन नेपाली सेनाले रसुवामा खोज तथा उद्धारको पुर्नरताजकी अभ्यास सम्पन्न गरेको छ ।

जिल्लाको भौगर्भिक अवस्था एवं अन्तर्राष्ट्रिय मार्गसमेत भएका कारण वर्षायाममा हुनसक्ने सवारी दुर्घटनाको साथै बाढी पहिराजस्ता प्रकृति विपद्ले पार्ने समस्या तत्काल व्यवस्थापन गर्न सेनाले सो अभ्यास मार्फत् दक्ष जन शक्ति तयार गरेको हो ।

गोसाइँकुण्ड गाउँपालिका–६ सोले नजिकको असहज स्थानमा विष्णुदल गणले गरेको सो अभ्यासमा नेपाली सेना, जिल्ला प्रहरी रसुवा , सशस्त्र प्रहरी बल २० नं गुल्म रसुवाका सुरक्षाकर्मीको साथै जिल्ला विपद् व्यवस्थापन समितिको साथै स्थानीय प्रशासनसँग सम्बन्धित प्रतिनिधिको सहभागिता रहेको थियो ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सो अभ्यास प्रशिक्षणमा स्थानीय बासिन्दा, जिल्ला समन्वय समितिका उपप्रमुख विजय लामा, गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ, उत्तरगयाका गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल, नौकुण्ड गाउँपालिका प्रतिनिधि कान्छा तामाङ र नेपाल रेडक्रस सभापति बाबुलाल तामाङलगायत सरकारी एवं सामाजिक क्षेत्रका अन्य प्रतिनिधिसमेतको सहभागी रहेको थियो ।

विपद् व्यवस्थापनका लागि सेनाले गरेको पुर्नरताजकी अभ्यास जनहितकारी भएको जनाउँदै रेडक्रस सभापति तामाङ भने विपद्को बेला उद्धारकर्ताबाट कसरी सेवा पाइन्छ भन्ने तौरतरिका जान्नसमेत समुदायलाई अवसर मिलेको बताए ।

यस्तै गोसाइँकुण्ड गाउँपालिका, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पतालसमेतको सहयोगमा सो गणले बोकेझुण्डामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । ग्रामीण बासिन्दालाई निःशुल्करूपले प्राथमिक उपचार सेवा प्रदान गर्ने उद्देश्यले आयोजित सो स्वास्थ्य शिविरबाट ८० महिलासहित एक सय २१ जनालाई निःशुल्क स्वास्थ्य परीक्षण एवं औषधि वितरण गरिएको रसुवा जिल्ला अस्पतालका मेडिकल अधिकृत डा दीक्षान्त सिटौलाले बताए ।

प्राथमिक उपचारका लागि आएका बासिन्दामा छाला, पेट, हाडजोर्ने तथा स्त्रीसम्बन्धी विविध रोगको समस्या भेटिएको चिकित्सकले बताएका छन् । बोकेझुण्डा गाउँमा पहिलो पटक सम्पन्न निःशुल्क स्वास्थ्य शिविरले स्वास्थ्य सेवामा सहयोग पुगेको स्थानीय विश्वकुमार घलेले जानकारी दिए ।


प्रकाशित मिति: २५ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?