Trending
>>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

सबैलाई रुवाउँदै अस्ताए व्यवसायी कँडेल


२५ वैशाख, चितवन । “दुःखी र कमजोर मन लिएर मसँग डाक्टरको रुपमा पीडा पोख्न कोही आए म शङ्कर कँडेल दाइजस्तो हँसिलो, व्यस्त र समाधानपरक जीवन जिउनुपर्छ भन्थेँ । आज आफ्नो आँखा अघि त्यो आशा दिलाउने दियो निभ्यो, सहन गाह्रो भो ।” जिल्लाका परिचित चिकित्सक डा भोजराज अधिकारीले व्यवसायी शङ्कर कँडेलको निधनको खबर सुनेपछि सामाजिक सञ्जालमा पोष्ट गरेको ‘स्टाटस’ हो यो ।

यो साता जिल्लाका नेता कार्यकर्ता, व्यवसायी सबैको सामाजिक सञ्जालमा यस्तै स्टाटसले भरिए । कँडेलले मङ्गलबार साँझ देहत्याग गरेसँगै जिल्लामा स्तब्धता छायो । धेरैले त्यो रात सुतेनन् । चोक चोकमा कँडेलकै चर्चा भयो । भोलिपल्टबाट सडकमा उनकै न्यायका लागि जिल्लावासी उर्लिए । यसलाई न त कुनै दलले रोक्न सक्यो, न त प्रशासनले ।

पाँच दशकको उमेर पार गरेका कँडेल जहिले पनि हँसिलो मुद्रामा भेटिन्थे । सबैलाई लाग्थ्यो, यस्तो मान्छेलाई पक्कै कुनै पीडा छैन । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ भन्दै थिए “कँडेललाई भेटेपछि ऊर्जा उत्पन्न हुने गर्दथ्यो।” उनि मात्रै होइन, सबै पार्टीका नेता कार्यकर्ता र व्यवसायीका लागि ऊर्जाशील थिए कँडेल ।

पार्टी, सङ्घ संस्थालाई सहयोग चाहिँदा होस् वा कसैलाई बन्द व्यापार गर्नुपर्दा कँडेलकै ढोकामा सबै पुग्ने गर्दथे । कोही कसैले खाली हात फर्किनु पर्दैनथ्यो । कँडेलले जहाँ देहत्याग गरे, सुरुमा देख्दै गर्दा धेरैले आफूलाई सम्हाल्न सकेनन् । तिनैमध्येका एक हुन् उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष राजन गौतम । उनको घर कँडेलको कार्यालयबाट नजिकै छ । घटनालगत्तै पुगेका उनले सुरुमा पत्यारै गरेनन् । उनले भने, “जब मैले कँडेल नै देखेँ, सम्हाल्न सकिँन, म ढलेछु, झण्डै २० मिनेटपछि बल्लतल्ल उठेँ । ”

आफूले कँडेलको निधन भएको सुनेसँगै निशब्द बनेको पूर्व सांसद कृष्णभक्त पोखरेलले बताएका छन् । उनले यसलाई अपत्यारिलो घटनाका रुपमा चित्रण गरेका छन् ।

कांग्रेस चितवनका पूर्वसभापति जीतनारायण श्रेष्ठले सबैलाई हँसाउने कँडेलको निधनले सबैलाई रुवाएको बताए । अप्रत्याशित घटनाले कांग्रेसलाई त क्षति पुगेकै छ समग्र व्यावसाायिक क्षेत्रमा अपूरणीय क्षति पुगेको उनले बताए । उनले भने, “कँडेल कांग्रेसको मात्रै नभएर साझा व्यक्तित्व हुनुहुन्थ्यो ।”

व्यवसायी कँडेल नेपालका परिचित पोल्ट्री व्यवसायी हुनुहुथ्यो । कांग्रेस पार्टीका महासमिति सदस्य पनि थिए । आफूले सम्हालेको अनमोल फिड्सको अधिकांश शेयर बिक्री गरी अबको यात्रा राजनीतिक बनाउने योजनामा उनि थिए । पार्टीभित्रका गुट उपगुटको बीचमा साझा चरित्र बनाउनु भएका कँडेललाई कांग्रेस भनेर भन्दा सामाजिक व्यक्तित्व भनेर सबैले चिन्ने गर्दथे ।

कँडेलले भरतपुर महानगरपालिका–३ स्थित आफ्नै कार्यालयमा गत मङ्गलबार देहत्याग गरेका हुन् । उनले लेखेको मृत्युपत्रमा दुई पात्रलाई मृत्युको कारण उल्लेख गरिएको छ । उनीहरुलाई पक्राउ गरी कारबाहीका लागि दैनिक प्रदर्शन हुँदै आएका छन् । उनीहरुमध्ये एक जीवन रावल पक्राउ परेका छन् भने प्रदीप रुङ्गटा फरार छन् । रावल कँडेलकै कम्पनीका चार्टर एकाउन्टेट हुन् भने रुङ्गटा कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका साझेदार हुन् ।

कँडेलको निधन भएको छैटौँ दिन आइतबार पवित्र तीर्थस्थल देवघाटमा अन्त्येष्टि गरिएको छ । उनि भरतपुर महानगरपालिका–८ निवासी थिए ।


प्रकाशित मिति: २५ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?