Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

ठाडो भाका गीत संरक्षण गर्न प्रतियोगिता


२५ वैशाख ,गोरखा । पछिल्लो समय लोप हुँदै गएको ठाडो भाका गीतको संरक्षणका लागि गोरखामा ठाडो भाका दोहोरी गीत प्रतियोगिता सम्पन्न भएको छ । ठाडो भाकाको गीत युवापुस्तालाई सिकाउने तथा पुराना संस्कृति जर्गेना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गरिएको ठाडो भाका दोहोरी गीत प्रतियोगिताकी संयोजक हरिमाया गुरुङले जानकारी दिए ।

पश्चिमाञ्चल सांस्कृतिक केन्द्र र न्यू दौतरी युवा क्लब चित्रेपोखरीको आयोजना तथा सिरानचोक गाउँपालिका गोरखाको प्रवद्र्धनमा सिरानचोक –३, स्थित चित्रेपोखरीमा भएको प्रतियोगिताको उपाधि वीरबहादुर गुरुङ र रेशम माया गुरुङको समूहले जितेको छ । प्रतियोगितामा बमबहादुर गुरुङ र तीर्थकुमारी भुजेलको समूह दोस्रो तथा मनकाजी गुरुङ र विष्णुमाया गुरुङको समूहले तेस्रो भएको संयोजक गुरुङले जानकारी दिए ।

प्रतियोगितामा उपाधि जित्न सफल समूहलाई नगद रु एक लाख पुरस्कार प्रदान गरिएको उनले बताए । त्यस्तै दोस्रो हुन सफल समूहलाई नगद रु ६० हजार र तेस्रो हुन सफल समूहलाई रु ३० हजार नगद पुरस्कार प्रदान गरिएको संयोजक गुरुङले जानकारी दिए । प्रतियोगितामा सान्त्वना स्थान प्राप्त गर्न सफल दुई समूहलाई पनि रु १५/१५ हजार पुरस्कार प्रदान गरिएको उनको भनाइ छ ।

त्यस्तै उष्कृष्ट गायनतर्फ लमजुङ दूधपोखरी गाउँपालिकाकी सन्तमाया गुरुङ र गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका धनबहादुर गुरुङले छनोट भएका छन् । उत्कृष्ट गायनमा छनोट हुन सफल दुवै जनालाई नगद रु १०÷१० हजार पुरस्कार प्रदान गरिएको उनले बताए । प्रतियोगितामा गोरखा, लमजुङ र तनहुँका गरी १८ समूहले प्रतिस्पर्धा गरेका थिए ।


प्रकाशित मिति: २५ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?