Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सङ्खुवासभाको चैनपुरमा एकै घरका चार बालबालिका अचेत अवस्थामा फेला परे


२४ वैशाख ,किमाथाङ्का । सङ्खुवासभाको चैनपुर नगरपालिका–९ खाम्लिङमा चार बालबालिका अचेत अवस्थामा फेला परेका छन् ।

आज बिहान चैनपुर–९ खाम्लिङका मन बहादुर तामाङका चार जना छोराछोरी अचेत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।

मनबहादुरका छोरा नौ वर्षीय मनधोज, आठ वर्षीय राजेन्द्र, पाँच वर्षीय निमसाङ र छोरी तीन वर्षीया सुपरिना घरनजिकै अचेत अवस्थामा फेला परेको प्रहरी निरीक्षक बस्नेतले बताए ।

बिहान घरमै छाडेर मेलापात गएका मनबहादुर घर फर्किंदा छोराछोरी अचेत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार हुन नसकेपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

अचेत अवस्थामा फेला परेको एक छोरा र एक छोरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूले जङ्गली खाने कुरा खाएर बिरामी परेको हुन सक्ने प्रहरीको अनुमान छ ।


प्रकाशित मिति: २४ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?