Trending
>>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली >>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

राष्ट्रिय योजना आयोगका सदस्य बुढाथोकीले लिए शपथ


२४ वैशाख, काठमाडाैँ । राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त हुनुभएका डा प्रभु बुढाथोकीले पद तथा गोपनियताको शपथ लिएका छन् । सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ समक्ष बुढाथोकीले आज शपथ लिएका हुन् । बुढाथोकी दोस्रो पटक आयोगको सदस्यमा नियुक्त भएका हुन् ।

यसअघि डा श्रेष्ठ उपाध्यक्ष रहेकै बेला बुढाथोकी आयोगको सदस्य थिए । सरकारले यही वैशाख ८ गते बुढाथोकीलाई सदस्य पदमा नियुक्त गरे पनि शपथ भने बाँकी थियो । बुढाथोकीले आजै पदभार ग्रहणसमेत गरेका छन् । आयोगको कामकारबाहीलाई सशक्त रुपमा अघि बढाउन अब उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा आफूले काम गर्ने उनले बताए ।

आयोगको सदस्यका रुपमा यसअघि नै डा रामकुमार फुँयाल, डा जयकान्त राउत, प्रा डा आरपी विच्छा र डा रमेशचन्द्र पौडेलले जिम्बेवारी सम्हालिसकेका छन् ।

को हुन् बुढाथोकी ?

बुढाथोकी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा लामो अनुभव भएको व्यक्ति हुन् । रणनीतिक योजना तथा व्यवस्थापन तथा प्राकृतिक स्रोत व्यवस्थापनका विज्ञ बुढाथोकीले बेलायतको ‘रिसोर्स गभर्नेस’मा विद्यावारिधि गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट तथ्याङ्कशास्त्रमा स्नातक गरेका बुढाथोकीले भारत र बेलायतबाट छुट्टाछुट्टै विषयमा स्नात्तकोत्तर गरेका छन् ।

नेपाल बाहेक बुढाथोकीसँग इरान, बेलायत, बङ्गलादेशजस्ता मुलुकमा काम गरेको अनुभवसमेत छ । बुढाथोकीसित त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनको अनुभवका साथै युएनडिपी, युएसआईडी, युनेस्को जस्ता संस्थामा काम गरेको अनुभवसमेत छ ।


प्रकाशित मिति: २४ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?