Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

सुशासनलाई थप बलियो बनाउन मन्त्रालयले काम गरिरहेको छ : गृहसचिव सिंह


२४ वैशाख, काठमाडाैँ । गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले सुशासनलाई थप बलियो बनाउन गृह मन्त्रालयले काम गरिरहेको बताएका छन् ।

गृह मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद् प्रस्ताव नं १३२५ र १८२० को कार्यान्वयनसम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजनाको कार्यशाला गोष्ठी’ मा उहाँले मन्त्रालयले सुशासनलाई उच्च प्राथमिकतामा राखेको बताएका हुन् ।

उनले कार्यशालामा उठेका विषयलाई सरकारले गम्भीर रुपमा लिएको बताउँदै यहाँबाट आउने सुझावलाई गृह मन्त्रालयले समयअनुसार सशक्त कार्यान्वयनमा लैजाने बताए । राष्ट्रिय योजना आयोगकी अध्यक्ष कमलाकुमारी पौडेलले द्वन्द्वको समयमा महिला, बालबालिका र ज्येष्ठ नागरिक सबैभन्दा चपेटामा परेको बताइन् ।

उनले द्वन्द्वकालमा हजारौँ बलात्कारका घटना घटेता पनि उक्त घटना अझैसम्म बाहिर आउन नसकेको गुनासो गरिन् । अध्यक्ष पौडेलले गृह मन्त्रालयले तयार गरेको सम्बन्धी संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद् प्रस्ताव नं १३२५ र १८२० को कार्यान्वयनसम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजनाको सफल कार्यान्वयनमा सरकार लाग्नुपर्ने बताइन् ।

प्रतिनिधिसभा सदस्य मैना रावल कार्कीले द्वन्द्वका घटनालाई सरकारले समाधानको बाटोमा लैजानुपर्ने बताइन् । उनले द्वन्द्वबाट पीडित दुरदराजका जनतालाई समेत सरकारले न्याय दिनुपर्ने उल्लेख गरिन् । द्वन्द्वकालमा पीडित परिवारका बच्चाको अवस्था दयनीय रहेको उनको भनाइ थियो ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतमले प्रत्येक व्यक्तिले न्याय पाउने वातावरण सरकारले निर्माण गर्नुपर्ने बताए । देशको विकासका लागि प्रत्येक व्यक्ति जागरुक हुनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सहसचिव लक्ष्मी बस्नेत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी सहसचिव अरुणा जोशी, राष्ट्रिय योजना आयोगका सहसचिव प्रकाश दाहाललगायतले विषयगत मन्त्रालयले महिला हिंसाको क्षेत्रमा फरक–फरक कार्ययोजना बनाउनुभन्दा एउटै कार्ययोजना बनाएर त्यसलाई लागु गर्नुपर्नेमा जोड दिएका थिए ।


प्रकाशित मिति: २४ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?