Trending
>>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

सुडानमा टर्कीका राजदूतको गाडीमा गोली प्रहार


२४ वैशाख, एजेन्सी । सुडानमा टर्कीका राजदूत इस्माइल कोबानोग्लुको गाडीमा शनिबार गोली प्रहार भएको छ । उक्त घटनामा सुडानी सेना र अर्धसैनिक र्यानपिड सपोर्ट फोर्स (आरएसएफ) ले एकापसमा दोषारोपण गरेका छन्।

“आज विद्रोही मिलिसियाले टर्कीका राजदूतको कारमा गोली हानेर उनलाई नियन्त्रण लिएको बताएको छ भने अर्को पक्षले सशस्त्र सेनाले यस्तो गरेको दाबी गरेको छ ।

यसैबीच आरएसएफले राजधानी खार्तूममा टर्कीका राजदूतको कारमा गोली चलाउने सेना नै भएको दाबी गरेको छ र उक्त कार्यलाई “कूटनीतिक नियोगको सुरक्षाका लागि सबै अन्तरराष्ट्रिय मान्यता र सम्झौताहरूको स्पष्ट उल्लङ्घन गर्ने कायरतापूर्ण कदम” भनेको छ। विज्ञप्ति अनुसार आरएसएफले “राजदूत र उनको प्रतिनिधिमण्डललाई सुरक्षित स्थानमा निकाल्न सफल भएको छ।”

अप्रिल १५ मा सेना र आरएसएफबीच खार्तुम र अन्य क्षेत्रमा भएको घातक झडपको विष्फोटपछि सुडानबाट विदेशी नागरिक र कूटनीतिज्ञहरूलाई ठूलो मात्रामा बाहिरिएका छन् । सुडानको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म घातक झडपमा कम्तीमा ५५० जनाको मृत्यु भएको छ भने ४,९२६ जना घाइते भएका छन्।


प्रकाशित मिति: २४ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?