Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

सुडानमा जारी द्वन्द्व तत्काल अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घका प्रमुखको आग्रह


२४ वैशाख, एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले सुडानमा जारी हिंसा तत्काल अन्त्य गर्न आह्वान गरेका छन् ।

महासचिव गुटेर्रेसले बुरुन्डीको आर्थिक केन्द्र बुजुम्बुरामा शुक्रबार बुरुन्डीका राष्ट्रपति इभारिस्टे नदायिशिमिएसँग भेटवार्ता गरेपछि सुडानमा जारी हिंसा तत्काल अन्त्य गर्न आह्वान गरेका हुन् ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गो र यस क्षेत्रमा शान्ति, सुरक्षा र सहयोगका लागि ‘अदिस अबाबा फ्रेमवर्क’ सम्झौतासम्बन्धी क्षेत्रीय पर्यवेक्षण संयन्त्रका राष्ट्रप्रमुखहरूको ११औँ शिखर सम्मेलनका क्रममा गुटेर्रेसले बुरुन्डीका राष्ट्रपतिलाई भेटेका हुन् ।

गुटेर्रेसले भने, “हामी सुडानमा अहिले भइरहेको शत्रुता तत्काल अन्त्य गर्न आग्रह गर्दछौं ।”

उनले सुडानी सङ्कट समाधानका लागि क्षेत्रीय व्यापार समूह ‘इन्टरगभर्नमेन्टल अथोरिटी अन डेभलपमेन्ट (आईजीएडी)’ ले गरेको मध्यस्थता प्रयासको प्रशंसा गरे । गुटेर्रेसले पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)को अवस्था पनि चिन्ताजनक रहेको भन्दै समाधानका लागि विश्व समुदाय आ–आफ्नो स्थानबाट लाग्नुपर्ने बताए ।


प्रकाशित मिति: २४ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?